गुणस्तरीय क्वारेन्टाइन निर्माण र परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
जेठ ७, २०७७ बिहिबार ०:८:४०
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण तत्काल स्वदेश फर्कने नागरिकको सङ्ख्या यकिन गरी आवश्यक गुणस्तरीय क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिए । छाउनीस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र ‘सिसिएमसी’बाट महामारी नियन्त्रणका लागि हालसम्म भइरहेको एकीकृत प्रयासबारे जानकारी लिएपछि उनले कोरोना परीक्षणको दायरासमेत बढाउन निर्देशन दिएका हुन ।
एकीकृतरुपमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सूचना प्राप्त गर्न र जोखिम नियन्त्रणका प्रयासमा आवश्यक कदम चाल्न सहज तुल्याउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हो । ठीक समयमा लकडाउन भएको र नागरिकबाट त्यसको पालनामा सहयोग प्राप्त भएकाले महामारी नियन्त्रणमा हालसम्मको प्रगति सन्तोषजनक रहेको समीक्षा गरिएको थियो ।
कोभिड १९ सङ्क्रमणको स्थिति, आगामी दिनमा चाल्नुपर्ने कदम, हालसम्म प्राप्त सूचनाका बारेमा प्रधानमन्त्रीले विस्तृत जानकारी लिनुभएको केन्द्रका संयोजक महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । लकडाउन हटेलगत्तै बाहिरबाट आउने सङ्ख्या ठूलो हुनसक्ने र त्यसको व्यवस्थापनका लागि आवश्यक साधन स्रोतको व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए ।
कोरोना जोखिम नियन्त्रणका सन्दर्भमा निजी क्षेत्रका चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताका आधारमा प्रयोग गरिने केन्द्रको भनाइ रहेको छ । हालसम्म अपनाइँदै आएको रणनीतिमा परिवर्तन गरी क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वास्थ्य स्थिति बिग्रन नदिन खानपान, सरसफाइ, शौचालयलगायतको उचित व्यवस्थापन गर्न केन्द्रलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
बन्दाबन्दी भए पनि केही व्यक्ति विभिन्न गाउँमा पुगेका कारण सङ्क्रमण फैलिएको सूचना प्राप्त भएकाले त्यस्ता सङ्क्रमित व्यक्तिको पहिचान गर्न पनि उनले निर्देशन दिए । कोरोनाको रोकथामका लागि हालसम्म कुनै औषधि यकिन नभएको अवस्थामा सामाजिक दूरी कायम गर्ने, खानपान र नियमित शारीरिक अभ्यासबारे सर्वसाधारणलाई जानकारी गराउन प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औल्याइएको छ । सङ्क्रमित व्यक्ति आवतजावत र सम्पर्क भएको क्षेत्रलाई प्राथमिकीकरण गरी परीक्षणको दायरा बढाइएको केन्द्रले जनाएको छ । योजनाबद्धरुपमा परीक्षणको दायरा बढाउन आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।
रोजगारीलगायतका कारण विदेशमा रहेका र कोरोनाका कारण स्वदेश फिर्ता हुन चाहने व्यक्तिको पहिचान गर्न परराष्ट्र मन्त्रालयबाट तत् देशमा रहेको कूटनीतिक नियोगलाई निर्देशन भइसकेको छ । विदेशबाट फर्कने नागरिकलाई कसरी व्यवस्थापन गर्नेबारेमा केन्द्रले प्रारम्भिक गृहकार्य गरिरहेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले क्वारेन्टाइनको क्षमता र गुणस्तर एवं परीक्षणको दायरा बढाउन निर्देशन भएको जानकारी दिए ।
उनले भने, “पृतनाबाट कोरोना रोकथाम र उपचारका लागि प्रस्तुत गरिएको प्रारम्भिक योजनामाथि छलफल भएको छ । त्यसलाई परिमार्जन गरेर अघि बढ्ने भएको छ ।” प्रधानमन्त्रीका साथ उपप्रधान तथा रक्षामन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलगायत उक्त केन्द्रमा पुगेर कोभिड नियन्त्रणमा भइरहेको प्रयासबारे जानकारी लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा
कात्तिक २०, २०८१ मंगलबार