“ह्ययाट्स अफ” मनिषा
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १६:४९:४३
८ जेठ, काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले गएको सोमबार सामाजिक सञ्जाल ट्वीटर हेण्डलमा गरेको एउटा ट्वीट यतिबेला भारतीय सञ्चारमाध्यमका लागि मसला भएको छ । नेपालले आफ्नो राजनीतिक नक्शा जारी गर्ने सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीटलाई मनिषाले रिट्वीट गर्दै लेखिन्– हाम्रो सानो राष्ट्रको गरिमा बनाइराख्नु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।
मनिषाका यी शब्द भारतीय मिडियाका लागि ठूलै मसला बन्यो । आजतक र एबीपी न्यूज च्यानलले आधा घण्टा त यही विषयमा चर्चा ग¥यो । नेपाली चेलीको भावनालाई भारतीय मिडियाले बढो घटिया रुपमा प्रचार गरे । तर त्यसले मनिषाको नेपालमा भने उँचाई बढाई दिएको छ । हरेक नेपालीले मनिषाप्रति गर्व गरेका छन् । चाहे जुनसुकै पार्टी आवद्ध हुन् मनिषा , नेपाल र नेपाली भावनाकी ढुकढुकी बनेकी छन् ।
भारतीय मिडियाले नेपालमा जन्मिएकी अभिनेत्री मनिषाले भारतीय रोटी खाएर चीनको गीत गाएको आरोप लगाए । तर मनिषाका भावना भने नितान्त नेपाली छ । अनावश्यक चीनलाई तानेर गरिएको टिप्पणीले भारतीय मानसिकता देखाएको छ । मनिषाले आफ्नो क्यारियर भारतमा बनाएको र रोजीरोटी कमाएको भन्दै भारतीय दलाल हुनुपर्ने आशय प्रकट गरे भारतीय सञ्चारमाध्यमले । जबकी बलिउड भनेको भारतीयको मात्र नभई संसारकै एउटा इण्डस्ट्री बनेको छ ।
त्यहाँ दैनिक हजारौं मानिस आफ्नो भाग्य चम्काउन पुग्छन् । तर सबै सफल हुँदैनन् । मनिषा पनि तिनै मध्येमा एक हुन् । उनले भारतीय सिने जगत्लाई आफ्नो बेजोड अभिनयले झुकाएकी हुन् । भारतीय भाषा, संस्कृति र परम्परालाई नयाँ उँचाई दिन उनको कडा मेहनतको योगदान थोरै थिएन । त्यसैले भारतीयले मनिषालाई दिएको भन्दा मनिषाले भारतलाई दिएको चाहीँ हो । आफ्नो मेहनतबाटै उनी त्यो मुकाममा पुगेकी हुन् ।
भारतको खाएर चीनको गाएको भन्ने भारतीय मिडियाको आरोपले के देखाउँछ भने उनीहरु नेपालीले चाहीँ उनीहरुको गुलामी गर्नुपर्छ । तर यो प्रकरणमा मनिषाले देखाएको अडान र धैयर्ताले उनको मात्र नभई सारा नेपालीलाई गर्वको अनुभूति दिलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक
माघ ११, २०८१ शुक्रबार
शाहीको चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर विजय लामाको लुक्स सार्वजनिक
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार