दशगजामा अलपत्र नेपालीहरुको उद्धार गर्दै सुरक्षा निकाय
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार १९:२४:१४
◊ शेरबहादुर सिंह
८ जेठ, भीमदत्तनगर । नेपाल–भारत दशगजा क्षेत्रमा भारतका विभिन्न स्थानबाट आइ अलपत्र परेका नेपालीहरुको उद्धारमा सुरक्षा निकाय खटिएका छन् । ती दुई सुरक्षा निकायले रातिको समयमा पनि स्थानीय तहसितको समन्वयमा सेवा गरिराखेका छन् । पछिल्लो समय कञ्चनपुरको माहाकाली नगरपालिकाबाट भारतका विभिन्न क्षेत्रबाट आएका नेपालीहरु अवैध रुपमा नेपाल प्रदेश गर्ने क्रम बढिरहेको छ ।
“बितेको एक हप्तामा करिब पाँच-६ सयको हाराहारीमा नेपालीहरुलाई यहाँ ल्याएर स्वास्थ्य जाँच र क्वारेन्टिन राख्ने काम भयो ।” कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले भने–“आज मात्रै डेढ सय जना जतिको ¥यापिट टेष्ट हुदैछ ।”उनले दोधारा चादँनी सीमा क्षेत्रमै पुगेर पीसीआर जाँचका लागि ९५ जनाको स्वाब लिइएको जानकारी दिए“स्वाब लिएर धनगढी परीक्षणका लागि पठाउने काम हुदैछ ।” उनले भने–“३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।”
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले दोधारा चादँनीको सीमा क्षेत्रबाट २७८ जना नेपालीहरुको उद्धार गरी भीमदत्तनगरस्थित बैजनाथ स्कूलको क्वारेन्टिनमा राखिएको जानकारी दिए । “सीमामा फेरी एक सय जना भन्दा बढी जम्मा भइसकेको खबर आएको छ ।” उनले भने–“कोरोना परीक्षण गरेर सम्वन्धीत पालिका पठाउने काम हुन्छ ।”
यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमावर्ती भारतीय बजारको क्वारेन्टिनका ४५ दिन बसेका २४२ जना नेपाली नागरिकहरुलाई उद्धार गरी ल्याएको थियो । उनीहरुलाई ¥यापिट टेष्ट गरेर नेगेटिभ आएपछि सम्वन्धीत गाउँपालिका पठाइएको थियो । दशगजामा अलपत्र यात्रुहरुलाई केही दिनयता माहाकाली नगरपालिकाले आवश्यक व्यवस्था गर्दै आएको छ ।
त्यसैगरी भीमदत्त नगरपालिकाले भारतबाट आउने नागरिकहरुलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन यहाँका स्कूलहरुमा त्यसको प्रवन्ध मिलाइरहेको जनाएको छ । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले दशगजाभित्र आइसकेकाहरुलाई उद्धार गरी क्वारेन्टिनमा राख्ने विषयमा आफूहरु पहल गरिरहेको जानकारी दिए ।
“दशगजामै नागरिकहरु अलपत्र परेर भोकै बस्ने स्थिती आउन थालेपछि हामीले त्यहाँबाट क्रमिक रुपमा उद्धार गरी स्वास्थ्य परीक्षणपछि सम्वन्धीत पालिका पठाउने कुरामा समन्वय गरिरहेका छौं ।” उनले भने–“पछिल्लो समय दोधारा चादँनीदेखि ब्रह्मदेव क्षेत्रबाट आउने क्रम रोकिएको छैन ।” भीमदत्त नगरपालिकाले नगरपालिकाका १९ वटै वडाका सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउन गृहकार्य समेत गरिरहेको उनले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार