सहारा नेपाललाई कुमारी बैंकले दियो सहयोग
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार २३:३९:२०
८ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोक्थामका लागि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको कारण दैनिक ज्यालादारीमा काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई कुमारी बैंकले सामाजिक उत्तरदायित्व अन्तर्रगत देशको विभिन्न स्थानहरुमा सहयोग गर्दै आइरहेको छ ।
यसैक्रममा कुमारी बैंकको चन्द्रगढी शाखाले ‘एकका लागि एक’ अभियान संचालन गरिरहेको साहारा नेपालमार्फत झापा जिल्लामा रहेको क्वारेन्टाइनमा क्रमिक रुपले खाद्य सामाग्री वितरण गर्दै आएको छ । बैंकले सहारा नेपालको नेतृत्वमा रहेका विविन्न संस्थालाई एक हजार किलो खाद्य हस्तान्तरण गरेको छ । हिजो बुधवार चन्द्रगढी शाखाका शाखा प्रमुख उशितपा पाण्डेले सहारा नेपाल संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीलाई सो खाद्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
कोरोनाको प्रकोपलाई फैलन नदिने र क्वारेन्टाइन व्यवस्थापन लगायतका लागी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको बैंकले जनाएको छ । लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई आफ्ना शाखा र एटिएम मार्फत निरन्तर बैंकइङ सुविधा प्रदान गरी रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार