नगरपालिकासँगको सहकार्यमा पत्रकारलाई एक लाखकाे कोरोना बीमा
नेपालबहस संवाददाता
जेठ ८, २०७७ बिहिबार २३:४२:१७
८ जेठ, रुपन्देही । तिलोत्तमा नगर क्षेत्रमा क्रियाशील पत्रकारका लागि कोरोना बीमा गरिएको छ । नगरपालिकासँगको सहकार्यमा अजोड इन्सुरेन्स कम्पनीसँग मिडिया क्लबमा आबद्ध पत्रकारको बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
उपाध्यक्ष बिपी गौतमका अनुसार कोरोना भाइरसको महामारीका बेला पत्रकारले अग्रभागमा रहेर काम गर्ने र संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी कोरोना बीमा गरिएको हो । बीमा गरिएको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले रु एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए ।
परासी– नवलपरासी ‘बर्दघाट सुस्ता पश्चिम’ का पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाले सदस्य पत्रकारको कोरोना बीमा गराएको हो । शाखामा आबद्ध ४९ सदस्य पत्रकारलाई प्रतिव्यक्ति रु ५० हजारको बीमा गराइएको अध्यक्ष हरि शर्माले बताए । आबद्ध सदस्यमध्ये केही विदेशमा रहेको र केहीको यसअघि नै भइसकेकाले एक कर्मचारीसहित बाँकी सदस्यको बीमा गरिएको अध्यक्ष शर्माले जानकारी दिए । शाखामा ६३ पत्रकार आवद्ध छन् ।
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयमार्फत गरिएको बीमावापत लाग्ने सम्पूर्ण खर्च महासंघले व्यहोरेको शाखा सचिव राजकुमार रेश्मीले बताए ।कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए । सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभए पनि शाखाले आबद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामग्री, प्रेस ज्याकेटलगायत सामग्री उपलब्ध गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार