यी हुन कोदालोले हानेर बाबुको हत्या गर्ने दुई छोरा
नेपालबहस संवाददाता
जेठ ८, २०७७ शुक्रबार ०:३५:५
८ जेठ, विराटनगर । विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । मोरङ विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेका थिए । हत्यापछि उनीहरुले बाबुको शब घरभित्रै गाडेका थिए ।
बाबुले पैसा माग्दा रक्सी खाएका दुबै छोराले नशामै हत्या गरेका थिए । तर हत्या गरेको कुरा माइली बुहारीले प्रहरीले बताएपछि प्रहरीले दुबैलाई पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ ।
बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताए । दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
दुई छोरा मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ । माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्खनन् गरेर शव बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो ।
सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे । कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बेपत्ता छन् । ज्याला मजदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चेतावनी दिएपछि छोराबीच विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ ।
बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ । बुबाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घरभित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार