प्रहरीलाई कोरोना देखिएपछि उच्च सतर्कता, नियमित गरिने कवाज बन्द !
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १८:३५:०
९ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो ।
उनले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उनले बताए ।
सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उनले जानकारी दिए । कोरोना सङ्क्रमणको समय भएकाले अहिले नियमित गरिने कवाजसमेत बन्द गरिएको उनले बताए । यस्तै कार्यक्षेत्रमा जाँदा नियमित मास्कको प्रयोग गर्ने, ह्याण्ड सेनिटाइजर, पञ्जाको प्रयोग अनिवार्य गर्न लगाउने गरिएको छ ।
प्रहरीको मोबाइल सवारीमा दुईजनालाई पीपीईसहित सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नुपरे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको उनले बताए ।
कोरोनको सङ्क्रमण बढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पीपीई ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पीपीई अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भइरहेको उनले जानकारी दिए । मास्क, सेनिटाइजर विभिन्न सङ्घसंस्थाले सहयोग गरेको उनले बताए ।
प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उनको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८०० जना प्रहरी कार्यरत रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
सर्लाहीमा कारसहित पोखरीमा डुबेक दुई जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपति निर्वाचनको आज मतदान हुँदै
कात्तिक २०, २०८१ मंगलबार