पप–जी र टिक–टक जस्तै ध्यानलाई लोकप्रिय बनाऊँ
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १९:२५:२९
स्वरुप पराजुली हाल कक्षा ९ मा अध्यनरत विद्यार्थी हुन् । बुटवल, सुख्खानगर बसोवास गर्दै आएका पराजुली दीप बोर्डिंग हाईस्कुलमा पढ्दै आएका छन् । जीवन विज्ञान केन्द्रमा आवद्ध पराजुली नव प्रतिभा विज्ञानका प्रशिक्षक पनि हुन् । सानो उमेरमा नै पढाइसँगै योग-ध्यानमा व्यस्त रहेको पराजुलीसँग हाम्रा लाइन रिपोर्टर सन्तोष खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश :
नव प्रतिभा विज्ञान के हो र यसका फाइदाहरु के हुन् ?
नव प्रतिभा विज्ञान जीवन विज्ञानले नै वालवालिकाको लागि बनाएको एउटा कार्यक्रम हो । यसले विशेषत बालबालिकाको र सुरुवाती चरणमा अध्यात्ममा लाग्नेहरुको लागि चिन्तन गर्ने क्षमता बढाउँछ । सकारात्मक सोच र सुख शान्ति ल्याउन सहयोग गर्दछ । बालबालिका र विद्यार्थीका लागि स्मरणशक्ति र देशभक्तिको भाव बढाउँछ ।
योग ध्यानमा कसरी आकर्षित हुनुभयो ?
मेरो ममी नै जीवन विज्ञानको योग प्रशिक्षक हुनुहुन्छ । पहिला–पहिला ममीले ध्यान सिकाउँछु भनेर बोलाउँदा पनि सिक्न र बस्न समय हुँदैनथ्यो । स्कुल जानुपर्ने र गृहकार्य गर्नुपर्ने कारण समय खाली हुँदैनथ्यो । यो लकडाउनको बेलामा त म आफैं र ममी पनि फुर्सदमा हुनुहुन्छ । यस समयको सदुपयो गर्दै मैले योग ध्यानमा लाग्ने मौका पाएँ ।
स्कुलमा नियमित योग ध्यानको कार्यक्रम हुन्छ ?
स्कुलमा हुने कार्यक्रमा कहिलेकाहीँ हुन्छ । दुई–तीन महिनामा बाहिरबाट योग ध्यानका प्रशिक्षकहरु बोलाइएको हुन्छ । शारिरीक व्यायामको रुपमा सिकाउने गरिन्छ । ध्यान गर्न इच्छा भएकाहरुलाई पनि ध्यानका विभिन्न कार्यक्रमहरु भइरहन्छ ।
स्कुलहरुमा नियमित ध्यान सिकाउन के गर्नुपर्ला ?
स्कुलमा ध्यान सिकाउन उनीहरुलाई सबैभन्दा पहिला एकीकृत गर्नु पर्छ । उनीहरुको जिवनशैलीलाई मेल खाने कार्यक्रमहरु बनाउने र योग सिकाउने काम गर्न सकिन्छ । जस्तैः आजका युवाहरु पपजी, टिकटकमा धेरै समय बिताउँछन् । त्यस्तै प्ल्याफर्मको प्रयोग गरेर ध्यान सिकाउन सकिन्छ । विद्यार्थीलाई मन पर्ने रचनात्मक ध्यानका विधिहरु बनाउन सकिन्छ । सकारात्मक कुरा सिकाउन लोकप्रिय विधीको प्रयोग गर्ने हो भने मानिसहरु त्यस तर्फ आकर्षित हुन्छन् ।
विद्यार्थीहरुले योग सिक्दा हुने फाइदाहरु के-के हो ?
जीवन एकदमै प्रगतिपथमा लगाउन मद्दत पुग्छ । स्वस्थ जीवन जीउन सकिन्छ । भविष्यको बारेमा सोच्न सजिलो हुन्छ । नयाँ ठाउँमा सहजै आफ्नो अनुकुलले बस्न, रहन र घुलमिल हुन सकिन्छ । हाँसीखुशी कोही सँग नडराइकन जीवन बिताउन सजिलो हुन्छ । जिवनको सहि अर्थ बुझ्न सकिन्छ ।
तपाईंको जीवनको लक्ष्य के हो ?
अझै निश्चित गरिसकेको छैन । भविष्यमा डाक्टर बन्ने सोच छ ।
तपाईंले ध्यान योग गर्न थालेपछि र नव प्रतिभा विज्ञानको प्रशिक्षक भएपछि के-के परिवर्तन भयो ?
रिसाउने बानी कम भएको छ । ममीले गाली गर्दा रिसाउने गरेको छैन । आनन्द महशुस हुन्छ । नयाँ–नयाँ कुरा सिक्न र पूर्वदेखि पश्चिमसम्मका धेरै साथीहरु बनाउन पाइयो ।
प्रशिक्षक भएपछि बोल्ने शैलीमा सुधार भएको छ । प्रशिक्षक हुनुभन्दा पहिला भिडमा बोल्दा डर लाग्ने थियो । अहिले भिडमा पनि बोल्न सक्ने भएको छु । समयको बचत कसरी गर्ने र त्यसको उपयोग कसरी गर्ने भन्ने जान्न पाइएको छ । नयाँ साथीहरुलाई आफुले पनि केही सिकाउन पाएकोमा गर्व महशुस भएको छ ।
विद्यार्थी साथीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
साथीहरुलाई समयको प्रयोग गर्न सिक्नुहोस् भन्न चाहन्छु । ध्यानमा लाग्न चाहने साथिहरुले यो समयको प्रयोग गरेर धेरै कुरा सिक्न र गर्न सक्नुहुन्छ । विदाको समयमा आलस्य, अल्छि गर्ने र सुतेर समय बिताउने काम नगरौँ भन्न चाहन्छु । यो समय हाम्रो लागि ठूलो अवसर हो । घरमा बाबाआमा, दाइदिदीसँग बसेर नयाँ नयाँ ज्ञान, सिप सिक्ने र घरायसी कामहरु सघाउने गर्न सक्छौं ।
कोरोनाको यस महामारी र फुर्सदको समयमा के के गर्दा राम्रो हुन्छ ?
यस्तो समयको सदुपयोग गर्न सकिन्छ । आफ्नो क्षमतालाई चिनेर लेख्ने, पढ्ने बाहेक धेरै काम गर्न सकिन्छ । चित्र बनाउन, हस्तलेखनलाई राम्रो बनाउन, ध्यान सिक्न र ध्यानमा लाग्न सकिन्छ ।
फुर्सतको समयमा के गर्नुहुन्छ ?
लेखपढ गर्ने । चित्रहरु बनाउने । गित संगित सुन्ने । युटुबमा भिडियोहरु हेर्ने ।
मन पर्ने रंग ?
स्काइ ब्लु ।
मन पर्ने किताब ?
कथाका किताबहरु । इसपका कथाहरु ।
मन पर्ने खेल?
लुडो, क्यारेम्बोड ।
मनपर्ने ठाउँ ?
पोखरा ।
मन पर्ने हिरो/हिरोइन ?
अनमोल केसी ।
मन पर्ने फिल्म ?
फिल्म खासै मन पर्दैन । तै पनि लभ स्टेशन ।
मन पर्ने गीत ?
प्रकाश सपुतको बोल माया
मन पर्ने खाना ?
आलु परौठा र पुरी ।
विद्यालयहरुमा ध्यान सिकाउन र निरन्तरता दिन के गर्नपर्छ ?
शिक्षकहरुलाई भन्दा पनि विद्यार्थीहरुलाई ध्यान सिकाउँदा बढी प्रभावकारी हुन्छ । शिक्षकले पनि ध्यान सिकेर विद्यार्थीलाई पढाउने र ध्यान सिकाउने दुवै काम एकसाथ गर्न सक्छन् । जस्तै ः सय जना विद्यार्थीलाई ध्यान सिकाउन सक्यौं भने विद्यार्थीका माध्यमबाट सय परिवारमा ध्यान सिकाउन सकिन्छ । उनीहरुले धेरै जनालाई ध्यानको ज्ञान र विधीहरु बाँड्न र फैलाउन सक्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार