आजदेखि उपत्यका छिर्ने उत्तरपूर्वी नाका पूर्णरुपमा बन्द
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शनिबार ३:५२:५३
९ जेठ, काठमाडाैं । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् । वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो ।
बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडीटी परीक्षणका क्रममा १२ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०ः०० बजेदेखि शिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए।
इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टाइनमा राखिएको छ । पीसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई यही राखिने छ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गरिरहको छ ।
आरडीटी परीक्षणमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिएपछि नगरपालिकाको नाका क्षेत्रका युवाले जहरसिंह पौवाबाट साँखु आवतजावत रोकेका छन् । नेपाल प्रहरीले समेत नाकामा गत दिनभन्दा बढी कडाइ गरेको छ ।
यस क्षेत्रका कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठबाट उपत्यका भित्रने नाकामा पनि कडाइ गरिएको छ । तीनै नगरपालिका क्षेत्रमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मार्ग हुँदै सवारी र पैदलयात्रासमेत गरेर सिन्धुपाल्चोक र नुवाकोट आवतजावत हुने गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बिहीबार गृहमन्त्रालयमा स्थानीय तहका जनप्रतिनिधिसँग भएको बैठकअनुसार उपत्यका बाहिरबाट आउनेलाई पूर्णरुपमा रोक लगाउन सहयोग गरिएको बताउछन । प्रहरीले नाकामा रोक्ने गरेकामा यस क्षेत्रका स्थानीय तहले सहयोग गरिरहेका छन् ।
निकुञ्जबाट भित्रने मूल सडकमा नेपाली सेनाको समेत सुरक्षा छ । हिँडेर आउने बाटोमा भने सबैतिर सेना एवं प्रहरीको निगरानी नभएकाले यसमा सरोकार भएका निकायको ध्यान जानुपर्ने गोकर्णेश्वर–१ का बासिन्दा सोमबहादुर तामाङ बताउछन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार