कोरोना सङ्क्रमितको गाउँ मोतीनगर र जवलपुर शिल
नेपालबहस संवाददाता
जेठ १०, २०७७ शनिबार १६:४६:१०
१० जेठ, लम्की । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप जोखिम बढेको छ । टीकापुर पनि जोखिममा रहेको भन्दै टीकापुर बजार बन्द गरिने तयारी प्रशासनले गरेको छ ।
टीकापुर बजारमा मानिसकोे आवतजावत पूर्णरुपमा बन्द गरिने टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । सङ्क्रमित आएर गाउँमा समेत बसेकाले जानकी गाउँपालिका वडा नं ७ को मोतीनगर र जवलपुर गाउँ सिल गरिएको उनले जानकारी दिए ।
सङ्क्रमण पुष्टि भएका जानकीको मोतीनगर र जवलपुरका दुई युवामध्ये मोतीनगरका युवाको टीकापुर र मोतिनगरमा धेरै मानिससँग सम्पर्क भएको देखिएको भट्टले बताए । “सम्भावित जोखिम न्यूनीकरणका लागि लकडाउनमा कडाइ गर्न थालेका छौँ”, प्रहरी नायब उपरीक्षक भट्ट भन्छन, “प्रहरी र स्वास्थ्यकर्मी मिलेर सङ्क्रमितको सम्पर्कमा आएका मानिसको खोजी गरी उनीहरुलाई क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ ।”
सङ्क्रमतिमध्ये बाँकेको नेपालगञ्जबाट फर्केका सङ्क्रमित युवा अरु चार जनासहित कोहलपुरबाट एम्बुलेन्समा टीकापुर आएको बुझिएको छ । उनी घर पुगेपछि पनि स्थानीय युवासँग तीन दिन भलिबल खेलेकोे, गाउँमा आफन्त र साथीभाइसँग घुलमिल भएको र टीकापुर बजारमा समेत साथीसँग भेटघाट गरेको बुझिएकाले उनीहरु सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सङ्क्रमित तीनै जनाको टीकापुर अस्पतालको आइसोलेसनमा राखेर उपचार शुरु भएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य छ । टीकापुर अस्पतालमा १२ श्ययाको आइसोलेसन वार्ड छ । अवस्था जटिल भए बाहिर पठाउन सकिने भए पनि अहिले टीकापुरमै उपचार थालिने अस्पतालका डा जितेन्द्र कँडेलले बताए ।
जानकी गाउँपालिकाको क्वारेन्टिनमा ४५ जना थिए । तीन जनामा सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका, उनीहरुको सुरक्षा, रेखदेखमा खटेका सबैको स्वास्थ्य परीक्षण गरिने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले जानकारी दिए । उनले भने, “क्वारेन्टिनमा प्रत्यक्ष खटेका स्वास्थ्यकर्मी र स्वयंसेवक सेल्फ क्वारेन्टिनमा पठाएका छौँ, सङ्क्रमण देखिएपछि क्वारेन्टिनमा बसेका अन्य नागरिक पनि त्रसित छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार