क्वारेन्टिन थपसँगै कैलाली प्रवेशमा कडाइ, स्वास्थ्य परीक्षण गर्ने किट छैन
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १६:४६:२६
११ जेठ, काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेपछि कैलालीका अन्य स्थानीय तहले सुरक्षा सतर्कता अपनाएका छन् । टीकापुर नगरपालिकाले बाहिरी जिल्लाबाट आउने सबैलाई क्वारेन्टिनमा राख्न हरेक वडामा क्वारेन्टिन स्थापना गरेको छ ।
टीकापुरले यसअघि नौ विद्यालयमा क्वारेन्टिन निर्माण गरेको थियो । शुक्रबार बसेको कार्यपालिका बैठकले बाहिरी जिल्लाबाट आउने नागरिक थेग्न नसकिने भन्दै हरेक वडामा थप एकएक वटा क्वारेन्टिन स्थापना गर्ने निर्णय गरेको हो । “हामीले यसअघि एक हजार नागरिक राख्नसक्ने तयारी गरेका थियौँ”, टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, “बाहिरी जिल्ला तथा भारतबाट आउने नागरिक बढ्ने देखिएकाले थप व्यवस्थापनमा लागेका छौँ ।” हाल नगरपलिकाका क्वारेन्टिनमा १०० भन्दा बढी बसिरहेका छन् । स्थानीय पालिकामा क्वारेन्टिनमा बस्ने खचाखच भरिए पनि उनीहरुको स्वास्थ्य परीक्षण गर्ने किटको भने अभाव छ ।
‘‘क्वारेन्टिनमा बसेका सबैको स्वास्थ्य परीक्षण गर्न सक्ने अवस्था छैन, बिनापरीक्षण पछि कसरी छाड्ने होला ?”, रावल भन्छन्, “प्रदेश सरकारसँग माग गरिरहेका छौँ । सुदूरपश्चिमका सबै जिल्लाका पालिकामा भारत तथा नेपालका अन्य जिल्लाबाट आएकाहरु भरिएका छन् ।”
उता सीमासँगै जोडिएको भजनी नगरपालिकाकाले पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरका सबै वडामा क्वारेन्टिन बनाउन थालेको छ । नगरसँग नजिकैको तहमा कोरोना सङ्क्रमित फेला परेसँगै नगरपालिकाले पनि उच्च सर्तकता अपनाउँदै १ देखि ९ वटै वडामा क्वारेन्टिन थप गरिरहेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए ।
भजनी नगरपालिकामा यसअघि पाँच क्वारेन्टिन छन् । भारतसँगै सीमानाका जोडिएको तथा रोगजारीका क्रममा अधिकांश भारतमा रहेकाहरु आउने क्रममा रहेकाले भजनी थप जोखिममा पर्न सक्ने भएकाले सुरक्षा सतर्कता अपनाइएको चौधरी बताउँछन् । “सतर्कता अपनाउनुका साथै थप क्वारेन्टिन स्थापना गर्न थालेका छौँ”, चौधरीले भने, “जाँचलाई प्राथमिकता दिँदै प्रत्येक क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गरेका छौँ ।”
कैलालीकै जोशीपुर गाउँपालिकाले पनि कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको भन्दै गाउँपालिका प्रवेश गर्ने नाकामा थप कडाइ गरेको गाउँपालिकाका कोरोना फोकल पर्सन नरेन्द्र कठरियाले बताए । जोशीपुर गाउँपालिकाले तीन क्वारेन्टिन बनाई आन्तरिक तथा बाह्य क्षेत्रबाट आउनेलाई राख्ने गरेको छ । भारतलगायत अन्य क्षेत्रबाट आएकालाई एक ठाउँमा र नेपाल भित्रबाटै गाउँपालिकामा आएकालाई अर्को स्थानमा राख्ने गरेको छ । पछिल्लो समयमा गाउँपालिकामा पनि आन्तरिक क्षेत्र तथा भारतबाट आउने क्रम बढिरहेको गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
व्यावसायिक स्याउखेती विस्तार गर्न कृषि प्रविधिकलाई तालिम
माघ १२, २०८१ शनिबार
भाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार