सवारी पास दुरुपयोग गर्ने र लकडाउन अवज्ञा गर्ने ६७१ सवारीसाधन कारवाहीमा
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १७:४०:५५
जुम्ला रिपोर्ट
११ जेठ, जुम्ला । जुम्लामा लकडाउन उल्लङ्घन गर्ने र सवारी पास दुरुपयोग गर्नेलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरेको छ । गत चैत १० देखि जेठ १० गतेसम्म ६७१ सवारीसाधनलाई प्रहरीले नियन्त्रण लिई कारवाही गरेको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । उनले भने, “९६ चारपाङ्ग्रे ठूला सवारी साधन र ५७५ दुईपाङ्ग्रे मोटरसाइकल गरी जम्मा ६७१ सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको छ ।”
निश्चित प्रयोजन र समयावधिका लागि भनी तोकिएको पासलाई अवधि समाप्त भएपछि वितरित पासको प्रयोग गरी दुरुपयोग गरेको पाइएकाले सवारी साधन नियन्त्रणमा लिएर कारवाही गरेको प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन तथा रोकथामका लागि लकडाउन गरिएकाले पालना गर्न गराउन थप कडाइ गरिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।
दुई हजार ७०० को पिसीआर जाँच, रिपोर्ट नेगेटिभ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई हजार ७६० को पिसीआर परीक्षण गरिएकामा सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये माथिल्लो कर्णालीका चार जिल्ला मुगु, हुम्ला, कालीकोट र जुम्लाबाट सङ्कलित स्वाबको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मङ्गल रावलले प्रतिष्ठानमा शुक्रबारसम्म सङ्कलित स्वाबको पिसीआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । भारत गएका तथा देशका विभिन्न स्थानमा रहेका स्थानीयवासी भित्रिने क्रम बढदै जान थालेपछि स्वास्थ्यकर्मीको टोली खटाएर स्वाब सङ्कलन गर्ने कार्यलाई तीव्रता दिइएको डा रावलले बताए ।
कालीकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट एक हजार २७३, हुम्लाबाट ४०८ स्वाबको पिसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी पोजेटिभ देखिएका हुम्ला नाम्खाका दुई र मुगु खत्याड गाउँपालिकाका एक जनाको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा पिसीआर उपकरण सञ्चालनमा नआउनुअघि जुम्लाका ३३९ को पिसीआर र २७२ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
९७ सुरक्षाकर्मीको कोरोना जाँच
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले सुरक्षाकर्मी (प्रहरी, सेना, सशस्त्र) अग्रपङ्क्तिमा परिचालन छन् । क्वारेन्टिनको रेखदेखदेखि लकडाउनको पालना गर्नेमा सुरक्षाकर्मीलाई खटाइएको छ । कोरोना भाइरसबाट सुरक्षाकर्मी पनि जोखिममा भएकाले ९७ जनाको कोरोना जाँच गरिएको हो । नेपाली सेना ७० र प्रहरी १७ गरी ८७ जनाको पिसीआर परीक्षण गरिएको छ भने १० प्रहरीको आरडिटी गरिएको हो । कोरोना परीक्षणमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले बताए ।
कोभिडको आशंकाले मृत्यु भएको व्यक्तिको रिपोर्ट नेगेटिभ
जुम्लाको हिमा गाउँपालिका–२ ओदीगाउँका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसको सङ्क्रमण आशङ्का गरिएको थियो । मृतकको घरका पाँच सदस्यलाई ज्वरो आउने, कपाल दुख्ने भएपछि कोरोना सङ्क्रमणको आशङ्का गरिएको हो । जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणको आशङ्काले मृत्यु भएको जानकारी आएपछि स्वाब सङ्कलन गरी ल्यायौँ ।” मृतकसहित दुई छोरी, एक छोरा र श्रीमतीको सङ्कलन गरी ल्याएको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसीआर उपकरणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।
“मृतकको इतिहास बुझ्दा उनी घरबाट कतै बाहिर नगएको भएपछि गाउँमा भारतबाट आएका व्यक्ति भएकाले कोरोना भाइरसको सङ्क्रमणले मृत्यु भएको हो कि भनेर आशङ्का गरिएको रहेछ”, उनले भने, “तर स्वाब परीक्षण गर्दा कोरोना भाइरसको कारणले नभएर आफ्नै कालगतिले मृत्युको पुष्टि भएको हो ।”
लकडाउन अवधिभर जुम्लामा भारत तथा तेस्रो मुलुकबाट ११ हजार ५७३ नागरिक भित्रिएका छन् । तीमध्ये ६४ जना क्वारेन्टिनमा बसेका छन् भने एक हजार २७७ जना १४ दिनपछि क्वारेन्टिबाट घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउन व्यस्त
कात्तिक २०, २०८१ मंगलबार
समीक्षा स्वरवद्ध 'मुटु रेटियो'मा मुकुन्द भट्ट र स्मारिका अधिकारीको अभिनय
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
तेस्रो पटक म्याद थप गर्न लामिछानेलाई लगियो अदालत
कात्तिक २०, २०८१ मंगलबार
जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
कात्तिक २०, २०८१ मंगलबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार