सेनालाई क्वारेन्टिन व्यवस्थापनको जिम्मा, झोलुङ्गे पुलमा तालाबन्दी
नेपालबहस संवाददाता
जेठ ११, २०७७ आइतबार १८:४८:३४
शेरबहादुर सिंह
११ जेठ, भीमदत्तनगर । कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो ।
सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिए । “स्थानीय तहमा रहेका ठूला क्वारेन्टिनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं ।” उनले भने, “स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टिनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ ।”
उनले स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टिनको व्यवस्थापनमा जुटेको बताए । यसअघि सेनाले गड्डाचौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमासमेत खटिएको थियो । त्यसैगरी आज नै उसले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनबारे यहाँ नमूना प्रदर्शन गरेको छ ।
सो गुल्म र २५ फिएको संयुक्त आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महाकाली अस्पताल र जनस्वास्थ्यकर्मीलाई नमूना प्रदर्शन देखाइएको सेनाले जनाएको छ । “शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत योजनाबद्ध व्यवस्थापन कसरी गर्छौँ भनेर प्रदर्शन गरिएको हो ।” सेनानी मल्लले भने, “भैपरी आउने सङ्क्रमण चुनौतीसित जुध्न सेना आवश्यक तयारी अवस्थामा छ ।”
झोलुङ्गे पुलमा तालाबन्दी
गड्डाचौकी मुख्य बाटो हुँदाहुँदै दोधारा चाँदनीबाट दैनिक सयौँ नागरिक भारतबाट स्वदेश फर्किन थालेपछि महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा आज बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरपालिका–१३ का स्थानीयवासीले तालाबन्दी गरेका छन् ।
“यो अन्तर्राष्ट्रिय नाका होइन”, भीमदत्तनगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले भन्नुभयो, “हामीले भारतबाट ल्याउनेलाई सुरक्षा सतर्कता अपनाएर लैजाऊ भनेका हौँ ।” उहाँले पुल क्षेत्रमा स्यानिटाइजेशन गर्नुपर्ने मागसहित स्थानीयवासीले तालाबन्दी गरेको बताउनुभयो । “झोलुङ्गे पुल वारिपारि पनि ठूलो बस्ती छ, धमाधम भारतबाट रातभरि मान्छे ओसार्दा सङ्क्रमणको जोखिम छ ।” उनले भने, “स्वास्थ्य सुरक्षा सामग्री माग गर्दै नगरपालिका आएका छौँ ।”
माहाकाली नगरपालिकाबाट केही दिनयता झण्डै दुई हजार नागरिक भारतबाट स्वदेश भित्रिसकेका छन् । दशगजामा आएर अलपत्र रहेका नागरिकलाई सो नगरपालिकाले खानपिनलगायतको व्यवस्थापनमा जुटिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
सर्लाहीमा कारसहित पोखरीमा डुबेक दुई जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपति निर्वाचनको आज मतदान हुँदै
कात्तिक २०, २०८१ मंगलबार