गरिमा धान पीडितले क्षतिपूर्ति पाउने
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार १७:१:२८
१२ जेठ, तुलसीपुर । दाङका गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २७७ किसानले क्षतिपूर्ति पाउने भएका हुन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानको क्षतिपूर्तिका लागि रु १५ लाख ८८ हजार विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र गरेको छ । अबको केही दिनभित्र उनीहरुलाई वितरण गरिने नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताए । गरिमा धान लगाउने किसानलाई प्रतिकिलो रु एक हजार ३१५ का दरले क्षतिपूर्ति प्रदान गरिने उनको भनाइ छ । पीडितका लागि पठाइएको रकम सम्बन्धित वडा कार्यालय मार्फत वितरण गरिनेछ । उत्पादन राम्रो हुने र नेपालको हावापानीमा उपयुक्त भएको जनाउँदै किसानले सो बीउ लगाए पनि फल्ने समयमा समस्या देखिएको थियो ।
क्षतिपूर्ति नपाएको जनाउँदै किसानले लमही नगरपालिका वडा नम्बर ३ स्थित टिकुलीगढमा सञ्चालित सनराइज एग्रिकल्चर प्रालिमा तालाबन्दीसमेत गरेका थिए । उक्त प्रालिले गत वर्ष वैशाख र जेठमा प्रतिकिलो रु २६० का दरले चार एग्रोभेट सेन्टरलाई बिक्री गरेको थियो । प्रालिले भारतको हैदरावादबाट ३४ हजार किलो धान खरीद गरी २२ हजार किलो बिक्री गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार