रुकुम घटनाबारे कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ १३, २०७७ बुधबार ४:४९:२
१३ जेठ सुर्खेत । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ रुकुमपश्चिमका सुस्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनाका विषयमा यहाँका प्रदेशसभा सदस्यहरुले सभाको ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य सीताकुमारी नेपालीलगायत सभाका सबै सदस्यहरुले रुकुममा भएको जातीय विभेदको घटना छानबिन गर्न सोमबार नै प्रदेशसभामा उच्चस्तरीय समिति गठनको माग राख्दा पनि त्यस विषयमा सरकारले चासो नदेखाएको भन्दै उच्चस्तरीय समिति गठन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।
“२४ प्रतिशत दलित प्रतिनिधित्व रहेको कर्णाली प्रदेशमा बेलाबेलामा जातीय विभेदका अमानवीय घटिरहेका छन्”, सदस्य नेपालीले भने, “यो घटना निकै निन्दनीय छ । जति भत्र्सना गरे पनि कमी हुँदैन । यसअघिका घटनामा घटनास्थलमै पुग्ने प्रदेश सरकार यति नृशंस घटनामा पनि किन सरकारको उपस्थिति रुकुम घटनास्थलमा भएन ? जवाफ चाहन्छौँ हामी ।”
यो अमानवीय घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले यो गम्भीर घटनाको विषयलाई अन्ततिर मोड्न थालिए पनि सामाजिक सञ्जालमार्फत पत्रकार, नागरिक समाज, अधिकारवादी, राजनीतिक दल, स्थानीय सबैले नजीकबाट उक्त घटनालाई नियाँलिरहेको बताए ।
प्रदेशसभा सदस्य दानसिंह परियारले रुकुम घटनामा संलग्न अपराधीलाई आगामी दिनमा के हुन्छ सरकार ?सदस्यहरुले अधिवेशनको १२ र १३ गते बसेको बैठकको विशेष समयमा सदस्यहरुले बोलेको कुराले सभामार्फत सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । सभामुख शाहीले भने “रुकुम घटनाले सभामार्फत सरकारको ध्यानाकर्षण भएको छ । यसको आवश्यक अनुसन्धान र अभियोजनका लागि सङ्घीय सरकारलाई अनुरोध गर्न कर्णाली प्रदेश सरकारका नाममा रुलिङ गर्दछु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार