छाङरुमा टेलिकम टावर तत्काल सञ्चालन गर्न व्यास गाउँपालिकाको माग
नेपालबहस संवाददाता
जेठ १५, २०७७ बिहिबार १९:३०:५५
१५ जेठ, दार्चुला । विगत सात महिनादेखि अवरुद्ध रहेको दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र नजिकै रहेको व्यास गाउँपालिकाको छाङरुमा रहेको नेपाल टेलिमकमको स्काइ टावर सञ्चालन गर्न व्यास गाउँपालिकाले माग गरेको छ । गत मङ्सिरदेखि सञ्चारविहीन रहेको व्यासमा तत्काल टेलिफोन सञ्चालन गर्न गाउँपालिकाले मन्त्रालयसँग माग गरेको हो ।
व्यास गाउँपालिकाले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई अवरुद्ध रहेको टेलिफोन सेवा सञ्चालन गर्न आग्रह गर्दै पत्रचार गरेको छ । गाउँपालिकाले व्यासमा स्थानीय र सुरक्षाकर्मीको उपस्थिति भइसकेको अवस्थामा टेलिफोन सेवा सञ्चालन गर्न माग गर्दै मन्त्रालयलाई पत्राचार गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले जानकारी दिए।
गाउँपालिकाले तत्काल हेलिकोप्टरमार्फत टावर सञ्चालन गर्न जनशक्ति र सामग्री उपलब्ध गराउन मन्त्रालयलाई आग्रह गरेको हो । हाम्रा जनतासमेत व्यास पुगेका छन् । “सदरमुकाम खलङ्गाबाट हिँडेदेखि सञ्चार हुनसकेको छैन”, व्यास गाउँपालिकाका स्थानीयवासी यशोदा तिङ्करीले भने, “हामीलाई त्यो क्षेत्रमा खाद्यान्नको अवस्था के छ, मानिस कसरी पुगे भनेर जानकारी लिन सकिने माध्यम सञ्चार हो ।”
गत वर्ष हेलिकोप्टरमार्फत टेलिकमका कर्मचारी ल्याएर टावर निर्माण गरेको भए पनि यस वर्ष सञ्चालनका लागि कुनै पहल नभएको गाउँपालिका अध्यक्ष बुढाथोकी बताउछन । सीमारक्षाका लागि अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यास पुगेका छन् । स्थानीय पनि गाउँ पुग्ने क्रममा छन् तर यो क्षेत्रमा अहिलेसम्म फोन सेवा सञ्चालन भएको छैन । सुरक्षाकमीलाई नै टेलिफोन सञ्चार गर्न समस्या भएको भन्दै तत्काल सरकारले व्यासमा टावर सञ्चालन गर्नुपर्ने बताए।
गाउँपालिकाको छाङरु सर्जिकोटमा नेपाल टेलिकमको स्काइ टावर स्थापना गरिएको भए पनि अत्यधिक हिमपातका कारण सञ्चारसेवा गत मङ्सिरदेखि अवरुद्ध भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । हिमपातका कारण सोलार प्यानल र अन्य उपकरणमा क्षति पुगेको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । बाटोघाटो नै नभएको अवस्थामा तत्काल नै सेवा सञ्चालन गर्ने अवस्था नभएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार