कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहमा भागाभाग
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार २:५:१६
१५ जेठ, काठमाडौं । कोरोना संक्रमित भएर ज्यान गएकाको शब अन्त्येष्टिका लागि लैजाँदा काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कर्मचारीको भागाभाग भएको छ । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् ।
ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव लैजाँदा शवदाह गृह बन्द थियो । अस्पतालबाट मृतक पुरुषको शवलाई विश्व स्वास्थ्य संगठनको नियम पालना गरेरै लगिएको थियो ।
तर शव दाह गृहमा कर्मचारी नभएपछि अर्को घाटबाट कर्मचारी ल्याई उनीहरुलाई प्रहरीले व्यक्तिगत सुरक्षा सामग्री पीपीई दिएपछि शव जलाउने प्रक्रिया सुरु भएको थियो । यद्यपि, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले भने शव दाहगृह बन्द नभएको दाबी गरे ।
यसअघि कोरोना संक्रमित सिन्धुपाल्चोककी महिलाको पनि शव दाहगृहमै शव अन्त्येष्टि गरिएको थियो । नेपालमा संक्रमितको संख्या बढ्दै गएपछि जताततै कोरोना त्रास पनि फैलिन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार