दलित अगुवाहरुद्वारा रुकुम र रुपेन्देही घटनाका दोषीलाई कार्यवाहीको माग
नेपालबहस संवाददाता
जेठ १५, २०७७ शुक्रबार ३:९:५७
◊ धीरुभाइ
१५ जेठ, सप्तरी । सप्तरीका दलित अगुवाहरुले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोतीको सामुहिक हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई बिहीबार ज्ञापनपत्र पठाएको छ । दलित अगुवाहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सो ज्ञापन पत्र पठाएका हुन । देशभरीमा दलितहरुले दैनिक रुपमा सामना गरिरहेको विभेदलाई सो घटनाले उजागार गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
चौरजहारी नगरपालिका ८निवासी बीरबहादुर मल्ल र प्रकाशी मल्लकी छोरी सुश्मा मल्ल र जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नंबर ४ का नवराज बिक बीचको प्रेम सम्बन्ध केटाकेटीको सहमतिमा विवाहमा परिणत हुनेक्रममा जेठ १० गते सामुहिक हत्या गरिएको बताएको छ । आफ्नी प्रेमिकालाई लिन त्यस रात साथीहरूका साथ चौरजहारी ८, सोती पुगेका जाजरकोट भेरी ४, रानागाउँका २० वर्षीय नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको पनि हत्या हुनुका साथै सँगै गएका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही बेपत्ता भएको भनिएको छ ।
दलित अधिकारकर्मी एवं कार्यकारी निर्देशक, दलित सरोकार मञ्च नेपाल, कंचनपुर सप्तरीका भोला पासवान, राष्ट्रिय दलित पत्रकार सघं शाखा अध्यक्ष विद्यानन्द राम, दलित अधिकारकर्मी एवं पत्रकार राजकुमार पासवान, राजु बिश्वकर्मा, नेपाल राउत मेहतर उत्थान समाज केन्द्रिय अध्यक्ष मनोज मेहतर, दलित सरोकार मञ्च नेपाल अध्यक्ष युक्तिलाल मरिकले संयुक्त रुपमा पठाइएको ज्ञापन पत्रमा चौरजहारीको घटनाले एक्काइसौं शताब्दीमा पनि नेपाली समाजमा कुन स्तरको जातीय उत्पीडन र क्रुर प्रवृत्ति जीवितै छ भन्ने दृष्टान्त हो भन्दै कथित जातीय उचनीचका नाममा प्रेम विछोड गराउन त्यहाँ मच्चाइएको रक्तपात हाम्रो सामाजिक चेतनामाथिकै नमेटिने कलंक र नरसंहारपूर्ण अत्यन्तै अमानवीय र बर्बरतापूर्ण मानवताविरोधी सो घटनाको घोर निन्दा तथा भत्र्सना गरेको छ ।
त्यस्तै रुपन्देही जिल्लाको देवदहमा गत शुक्रबार साँझ १३ वर्षीया स्थानीय दलित बालिका अंगिरा पासीलाई २५ वर्षीय वीरेन्द्र भरलेरु बलात्कार गरेको ज्ञापनपत्रमा तर शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाहरूको भेलाले बालिकामाथि अन्याय भएको भन्दै वीरेन्द्रलाई नै सजायस्वरूप बालिकालाई श्रीमती स्विकार्नुपर्ने जिम्मा लगाएको उल्लेख छ ।
बलात्कारीकै जिम्मा दिएको अर्कोदिन नजिकैको खरबारीमा मृत भेटिएको घटनाप्रति समेत हाम्रो गम्भिर ध्यानकषर्ण भएको भन्दै १३ वर्षीया अबोध बालिकालाई जबर्जस्ती वा फकाएर शारीरिक सम्बन्ध राख्नु कानुनी र मानवीय रूपमा बलात्कार ठहर गरेको छ । पीडितलाई न्यायको लागि पहल गर्नुपर्नेमा बलात्कारीलाई नै अवोध बालिका जिम्मा लगाउने वडाअध्यक्षले आफनो कानूनी राज्यको उपहास गरेको भन्दै वडाअध्यक्ष समेतलाई कार्यवाहीको दायरामा ल्याउन हामी जोडदार माग गरेको छ ।
रुकुमपश्चिम चौरजहारीको घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा गठित एक समितिले रुपेन्देहीको घटना समेत छानविन गर्न हामी माग गरेको छ । राजनीतिक पहुँचका कारण पिडकहरु उम्किदै आएकाले यस हत्याकाण्डलाई हल्का ढंगले लिने, पक्राउ परेकाहरुलाई मुक्त गर्ने र अनुसन्धानलाई फितलो बनाउने कार्य कतैबाट भएमा न्यायका लागि देशव्यापी आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने चेतावनी पनि दिएको छ ।
हत्याकाण्डमा संलग्न भएका सबैलाई पक्राउ गर्न, वेपत्ताहरुको यथाशिघ्र खोजीकार्यलाई तिब्रता दिन, घट्नाको सत्यतथ्य छनवीन गर्न, पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन र हत्यारालाई हदैसम्मको कानूनी कार्वाही गर्न र अबउ प्रान्त यस्ता घट्ना नघटाउन र दलित समुदायमाथिको सामाजिक न्याय प्रदान गर्न संघीय संसदबाट संसदीय अनुगमन समिति गठन गर्न जोडदार माग गरेको छ । यस अमानवीय हत्याकाण्डको छानवीनका लागि सम्पूर्ण राजनीतिक दल, मानवअधिकार आन्दोलन नागरिक आन्दोलन, संचारकर्मी र न्यायप्रेमी सबैमा आव्हान गरेका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार
नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य [ फोटो फिचर ]
फागुन १, २०८१ बिहिबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार
नख्खुडोल पुल मर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य [ फोटो फिचर ]
फागुन १, २०८१ बिहिबार
बुलबुल भ्यालेन्टाइनका दिन पुन: रिलिज हुने
फागुन १, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति ट्रम्पको रिस टार्न खोज्दै भारतीय प्रधानमन्त्री मोदी
फागुन १, २०८१ बिहिबार
'कर्मा'को फस्ट लुक सार्वजनिक
फागुन १, २०८१ बिहिबार
रेडियो सुन्दै गन्तव्यतर्फ जाँदै
फागुन १, २०८१ बिहिबार