सीमाना विवाद र रुकुम घटनामा विश्व हिन्दू महासङ्घको धारण सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १७, २०७७ शनिबार २०:१२:४९
विश्व हिन्दू महासङ्घका अन्तर्राष्ट्रिय संयोजकमा डा योगी छानिए
१७ जेठ, काठमाडौं । विश्व हिन्दू महासङ्घ नेपालले डा. चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्ट्रिय विभाग गठन गरेको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष भरतराज पौडेलका अध्यक्षतामा बसेको जुम प्रविधिको बैठकले विधानको परिच्छेद–७ को दफा २० उपदफा ‘ङ’ अनुसार सङ्गठनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्चात्य दुवै दर्शनका ज्ञान र विज्ञानका क्षेत्रमा हासिल गरेको विशिष्टताका मूल्यमा आधारित शिक्षाका अभियानकर्मी योगीलाई सो जिम्मेवारी दिएको हो ।
विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन चाहेकाले ल्याउने उचित प्रबन्ध गर्न पनि महासङ्घले माग गरेको महासचिव गणेशप्रसाद न्यौपानेले जानकारी दिए । नेपालीलाई मातृभूमि प्रवेश गरेपछि आधारभूत आवश्यकतासहितको क्वारेन्टिनमा राखी उपचारको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।
कोरोनाबाट बच्न जारी बन्दाबन्दीका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग माग गरेको छ । कोरोनाका कारण विश्वव्यापीरुपमा जीवन गुमाएकाहरुका लागि आआफ्नो धर्म संस्कृतिअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सम्बन्धित देशका सरकारसँग आह्वान गरिएको उनले सुनाए। यही जेठ १० गते रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा भएको मानवीय क्षतिको घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानूनी कारवाही गर्नुपर्ने महासङ्घको ठहर छ ।
नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले अतिक्रमण गरी सडकसमेत निर्माण गरेका विषयमा सरकारले सुगौली सन्धिअनुरुपको राष्ट्रको नक्सा तयार गरेकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ । सो सम्बन्धमा तत्काल कूटनीतिक वार्ताको वातावरण बनाई नेपालको सम्प्रभूतालाई कायम गर्न महासङ्घले आह्वान गरेको छ । पूर्वजले हजारौँ वर्ष पहिले अर्थात् सृष्टिदेखि नै विकास गरेको आदिभाषा संस्कृतलाई विश्वका अन्य देशलेसमेत अध्यापन गराउन थालेकाले कक्षा १ देखि नै ऐच्छिक विषयका रुपमा पाठ्यक्रममा लागू गर्ने सरकारको योजनालाई सफल बनाउन भूमिका खेल्ने प्रतिबद्धता महासङ्घले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार