सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार १८:५९:२
१८ जेठ, सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने यस जिल्लाको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।
साविकको सङ्ग्रामपुर, त्रिभुवन नगर, मधुवनीगोठ मलङ्गवा, हरिपूर्वा, भाँडसर, बलरालगायत ५१ किलोमिटर क्षेत्रमा गाडिएको जङ्गेपिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल–भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले पिलर ढल्ने अवस्थामा पुगेको केही स्थानीयवासीले गुनासो गरेका छन् ।
यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३१५ पिलरमध्ये आठ जङ्गेपिलर, २० सहायक पिलर र १४० साना पिलर अत्यन्तै जीर्ण अवस्थामा पुगेको र दुई साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्वमा सङ्ग्रामपुरबाट पश्चिममा बलरा नगरपालिकासम्मको ५१ किलोमिटर दशगजाको ११ स्थान दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका–४ मा दुवैतर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घरभित्र परेको छ । “घर बनाएर बस्न कतै खाली जग्गा छैन, सानो छाप्रो बनाएर बसेको छु, भत्काउन परे पनि कुनै चिन्ता छैन । छाप्रोभित्रै पिलर परेको छ”, स्थानीय अक्लेश सहनीले भने ।
दशगजा क्षेत्रमा दुवै देशले ३० र ३० फिट दायाँबायाँ कुनै पनि कार्य गर्न वा घर टहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको छ । सीमास्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् भने कतिपय भत्काइएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार