कोरोना कोषबाट विभिन्न अस्पताललाई ८ करोड २३ लाख
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २३:१७:३०
१८ जेठ, जनकपुरधाम । कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोष बाट प्रदेशका विभिन्न अस्पतालले हाल सम्म ८ करोड २३ लाख २५ हजार रकम प्राप्त गरेको छ । प्रदेश सरकारले पछिल्लो चरणमा मात्र विभिन्न अस्पताललको लागि ५ करोड १३ लाख ७५ हजार निकासा गरेको हो ।
पछिल्लो चरणमा कोरोना भारइस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषबाट रकम पठाएको अस्पतालहरुमा पर्सा जिल्ला स्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदमा १० लाख, जनशक्ति व्यवस्थापनमा १० लाख, कोभिड १९ संक्रमित व्यक्तिहरु एवं स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, औषधि खरिदमा ५ लाख र खानेपानी व्यवस्थापनमा २ लाख गरी जम्मा रु ३७ ‘सैतीस’ लाख, रौतहट जिल्ला स्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्था तर्फ २५ लाख, औषधि खरिदका लागि ५ लाख, पानीको धारा एवं विद्युत महसुलमा ६ ‘छ’ लाख, पीपीई र सेनीटाइजर आदि खरिदमा ४ लाख, मेसिनरी औजार मर्मतमा १ लाख ५० हजार, जनशक्ति व्यवस्थापनमा १० लाख, सरसफाईमा १ लाख ५० हजार र बेड सेट खरिदका लागि ३ लाख गरी जम्मा रु ५६ ‘छपन्न’ लाख रुपैया पठाएको छ ।
त्यसैगरि सर्लाही जिल्ला स्थित मलंगवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिद तर्फ ५ लाख, जनशक्ति व्यवस्थापनका लागि १० लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, मेशिनरी औजार उपकरण खरिका लागि २ लाख, बेड तथा फर्निचर व्यवस्थाका लागि ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ४ लाख, कार्यालय सामग्री र ईन्धनका लागि १–१ लाख, सवारी साधन भाडामा लिन १ लाख, आइसोलेशन भवन मर्मत संभारका लागि १ लाख, संचार महसुल २५ हजार र पानी तथा विद्युत महसुल ५० हजार गरी जम्मा रु ४०, ७५,००० ‘चालीस लाख पचहत्तर हजार’ पठाएको छ भने सप्तरी जिल्ला स्थित भारदह अस्पतालमा प्रिफ्याब भवन निर्माणका लागि १ करोड ७५ लाख, फर्निचर फिक्सचर तर्फ २५ लाख, शौचालय निर्माण तर्फ २५ लाख, अस्पताल रंगरोगनका लागि १० लाख, ल्याब सेटअपका लागि ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिंग तर्फ ५ लाख गरी जम्मा रु २,९०, ००,०००।– ‘दुइ करोड नब्बे लाख’ रुपैया पठाइएको छ ।
यता सिरहा जिल्ला स्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवं स्वास्थ्य सामग्री खरिद तर्फ १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि १० लाख, सिसिटीभि एवं मेशिनरी औजार खरिदका लागि ५ लाख, बेड सेट एवं फर्निचर खरिदका लागि रु ५ लाख, क्वारेन्टाइन बास खर्चका लागि ५ लाख, खाजा, खाना एवं पानी व्यवस्थापन गर्न १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पुर्बाधार विकास तर्फ १० लाख गरी जम्मा रु ६५ ९पैसठ्ठी० लाख, र सप्तरी जिल्ला स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साईकृष्ण मेडिकल कलेज कोभिड १९ लेभल १ अस्पताल मा आइसोलेसन कक्ष निर्माण गर्न नेपाली सेनाको भिमदल गणलाई रु २५,००,०००।– ‘पच्चीस लाख’ रुपैया उपलब्ध गराइएको छ ।
रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० सैय्याको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारले यस अघि उपचार कोष बाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताललाई १० लाख, सप्तरीको भारदह अस्पताललाई ३१ लाख, लहान अस्पताललाई १९ लाख ५० हजार, सिरहा अस्पताललाई १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई १९ लाख ५० हजार, मलंगवा अस्पताललाई १९ लाख ५० हजार, गौर अस्पताललाई १९ लाख ५० हजार, कलैया अस्पताललाई ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई ३१ लाख २५ हजार, र नारायणी अस्पताललाई विरगंज लाई खाद्यान्नको लागि २५ लाख तथा पीसीआर मेसिन संचालनको लागि ५० लाख गरि तीन करोड ९ लाख, ५० हजार रकम उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेट बाट समेत विभिन्न अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
उच्च शिक्षामा महिलाको पहुँच बढाउन छोरीलाई छात्रवृत्ति
पुष १८, २०८१ बिहिबार
मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्रीको चेतावनी
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार