क्वारेन्टाइनमा बस्न माग गर्दै सप्तरीको हनुमाननगरमा मजदुरले गरे प्रदर्शन
नेपालबहस संवाददाता
जेठ १८, २०७७ आइतबार २३:३९:१५
◊ धीरुभाइ
१८ जेठ, सप्तरी । सप्तरीको हनुमाननगर बजारमा भारतबाट आएका दुई नेपाली मजदुरहरुले क्वारेन्टाइनमा बस्न माग गर्दै आइतबार प्रदर्शन गरेको छ । भारतबाट मजदुरी गरी घर फर्किएका हनुमाननगर कंकालीनी नगरपालिका वार्ड नम्बर ७ निवासी दुई जना मजदुरहरुले क्वारेन्टाइनमा बस्न माग गर्दै हनुमाननगर बजार भरी प्रदर्शन गरी नगरपालिकाको कार्यालयसम्म पुगेका छन ।
जेठ १६ गते भारतको पञ्जाबबाट आइपुगेका वार्ड नम्बर ७ का अशोक मुखिया र श्यामु सदाले क्वारेन्टाइनमा बस्न सो वार्डका अध्यक्षलाई सम्पर्क गर्दा वेवास्ता गरेकोले प्रदर्शनमा उत्रिएको बताएका छन । भारतको संक्रमित पञ्जाबबाट घर आइपुगेपछि उनीहरुलाई छरछिमेक तथा परिवारका सदस्यले घरमा बस्न नदिइ क्वारेन्टाइनमा बस्न भनेपछि सम्बद्ध वडाध्यक्षलाई सम्पर्क गरेको तर, वडाध्यक्षले कुनै वास्ता नगरेको बताएका छन ।
घरमा पनि बस्न दिएन, उता क्वारेन्टाइनको पनि व्यवस्था नहुँदा एक रात सडकपेटीमा र अर्को रात कोसी प्रोजेक्टको जिर्ण भवनको ओडारमा रात बिताएको पीडा सुनाउँदै उनीहरुले ‘‘हनुमाननगर कंकालीनी नगरपालिका हामी भारतबाट आएका प्रवासी मजदुर मेयर साहेब हामी कहाँ जाउ” लेखेको प्लेकार्ड बोकेर प्रदर्शन गर्न बाध्य भएको बताए । भारतबाट नेपाल सीमासम्म लामो दुरी तय गर्दा निकै थकाइ लागेका छ उनले भने, घर आइपुग्दा न बस्न पाइएका छौ, न खान, न कसैको राम्रो व्यवहार । कसैले वास्ता नगर्दा झन पीडा भएको बताए ।
यता पछिल्लो सातामा भारतबाट नेपालीहरु आउन थालेपछि जिल्लाको प्रत्येक वार्डमा क्वारेन्टाइन निर्माण गरी क्षमता बढाउन निर्णय भएपनि हनुमाननगर कंकालीनी नगरपालिकाले कार्यान्वयन गर्न नसकेकोले भारतबाट आउने नेपालीहरु सिघै घर पुग्ने गरेको स्थानीयवासीहरुले बताए । यसले कोरोना भाइरसको संक्रमण फैलिन उच्च जोखिम बढेको छ भने स्थानीयमा त्रास उत्पन्न भएको छ ।
हनुमाननगर कंकालीनी नगरपालिका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको गृह नगरपालिका हो । यसका प्रमुखमा उनकै छोरा शैलेशकुमार साह हुन । भारतीय सीमासँग जोडिएको सो नगरपालिकाले नगरको विभिन्न वार्डका गरी नौ स्थानमा क्वारेन्टाइन बनाइएको छ । तर, ती क्वारेन्टाइनहरु पनि मापदण्ड विपरित, अव्यवस्थित रहेको स्थानीयहरुले बताए ।
सो नगरपालिकाले ३७० बेडको क्वारेन्टाइन तयार गरेको दाबी गरेको छ । ती क्वारेन्टाइनहरुमा कूल १७९ जना बसिररहेको बताइएको छ । सो सम्बन्धमा थप बुझ्न नगरप्रमुख शैलेशकुमार साह र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र यादवसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सम्बद्ध वार्ड नम्बर ७ का अध्यक्ष पुगो दास भनिने लक्ष्मीप्रसाद दासले यो वार्डमा क्वारेन्टाइन व्यवस्थापन नहुदा समस्या भएको भन्दै अन्य वार्डमा व्यवस्था मिलाउँदैमै समय बितेको स्वीकारे । भारतबाट आउनेबितिकै उनीहरुले सम्पर्कमा आएको उनले क्वारेन्टाइन व्यवस्थानमा लागेकोले अब उपरान्त यस्तो समस्या नआउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेसमा २० वर्ष नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी
असार १५, २०८१ शनिबार
रौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार