के अब लकडाउनको शैली परिवर्तन हुनु जरुरी छ ?
नेपालबहस संवाददाता
जेठ १९, २०७७ सोमबार १५:५२:५०
१९ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी सरकारले अढाइ महिनादेखि जारी गरेकाे लकडाउनका कारण खर्बौको क्षति भइसकेको बताउने निजी क्षेत्रले अब बिस्तारै सावधानीका उपाय अपनाउँदै लकडाउनको विधि परिमार्जन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ।
चैत ११ गते देशभरिमा दुई जनामा मात्र कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बेला लागु गरिएको लकडाउन झन्डै ७० दिन पुग्दा देशमा सङ्क्रमितको सङ्ख्या १,५०० नाघेको छ। प्रत्येक दिन सङ्क्रमितको सङ्ख्या बढिरहेको छ। मृत्यु हुनेहरूको सङ्ख्या पनि क्रमशस् बढिरहेको छ। तर अब अहिलेको लकडाउनको शैली कतिन्जेल धान्न सकिएला भन्ने बहस पनि सँगसँगै सुरु भएको छ।
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले लकडाउन गरिएको साठी दिन पुगेपछि आफूहरूले सरकारलाई अब यसलाई सुरक्षित परिमार्जन गर्न अनुरोध गरिसकेको बताएका छन् । लामो समय आर्थिक गतिविधि ठप्प पार्दा खर्बौ रुपैयाँको नोक्सानी भइसकेको र आर्थिक वृद्धि दर ऋणात्मक हुने उनले चेतावनी दिए।
यो विषयमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण हुन आउँछ । तर अब सुरक्षाका उपाय अपनाउँदै हामीले बाँच्नु पनि सिक्नुपर्छ। त्यसैले जन पनि धन पनि दुवै जोगिने उपाय गर्नुपर्छ। निरन्तर लकडाउन मात्र पनि औषधि हो जस्तो नलागेको प्रधानले बताएका छन् ।
लकडाउनका अवधिमा स्वास्थ्यकै क्षेत्रमा पनि विभिन्न अन्य सङ्कट देखा परेका छन्। जस्तै सुरक्षित सुत्केरी हुन नपाएर महिलाहरूले ज्यान गुमाएको, खोपको नियमित कार्यक्रम प्रभावित भएका जस्ता विवरण आएका छन्। कोरोना भाइरसको जोखिमका कारण कैयौँ मानिसहरू अस्पताल जान नसकेको वा नचाहेको अवस्था छ। यसले निकट भविष्यमा उनीहरूको स्वास्थ्यमा अनपेक्षित जोखिम बढ्ने लेखिन्छ ।
अर्थविद् डा. शङ्कर शर्माले बिस्तारै लकडाउन नखोलेर साध्य छैन। अहिलेको अवस्थामा प्रदेश र स्थानीय तहलाई स्वास्थ्य, क्वारन्टाइन सुविधा तथा राहतका निम्ति स्रोत उपलब्ध गराउने अनि अवस्था हेरेर अर्थतन्त्र खोल्दै जानुको विकल्प छैन। नत्र मानिसहरू भोकभोकै पर्न सक्ने बताए ।
कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान दुई महिनापछि सुरु भएको छ । अहिले अर्थतन्त्र सबभन्दा चलायमान हुने चैतदेखि असारसम्मको समयमा नै बन्दाबन्दीमा परेको छ। जनजीवन अस्तव्यस्त भइसकेको छ। अब सरकारले निजी क्षेत्रसँग सरसल्लाह र समन्वय गरेर यसको सम्बोधन गर्नुपर्छ देखिएको छ ।
सरकारको मनस्थिति के छ ?
पुन: १२ दिनका निम्ति लकडाउनको अवधि थप्ने निर्णय मन्त्रिपरिषद्ले शनिवार गरेपछि बोल्दै अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अब लकडाउनको शैली परिमार्जन हुन सक्ने सङ्केत गरेका छन् । उनले भने, निजी क्षेत्र वा क्रियाकलाप विशेषलाई हेरेर जोखिम अनुसारको व्यवस्थापन गरिने छ ।
लकडाउनका विधि, मापदण्ड वा प्रक्रिया परिमार्जन गर्ने भन्ने कुरा भएको र केही दिनभित्र उच्चस्तरीय समन्वय समितिले यसबारे छलफल गरेर मन्त्रिपरिषदमा प्रस्ताव गर्ने डा. खतिवडाले बताए । तर अब सँगसँगै पर्याप्त सुरक्षाको निम्ति विश्व स्वास्थ्य सङ्गठनले दिएका मापदण्ड अपनाउँदै अघि बढ्नुको पनि विकल्प नरहेको धेरैको ठम्याइ छ। बिबिसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव
कात्तिक १२, २०८१ सोमबार
नायव निरीक्षक दर्नालसहित सम्पर्कविहिन भएका १२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
कात्तिक ११, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार