नेपाली सेनाले एक सय बेडको आइसोलेशन तयार ग¥यो
नेपालबहस संवाददाता
जेठ १९, २०७७ मंगलबार ०:१८:३९
◊ धीरुभाइ
१९ जेठ, सप्तरी । सप्तरीको राजविराज स्थित नेपाली सेनाको एक टोलीले एक सय बेडको आइसोलेशन तयार गरेको छ ।
भीम दल गणका भलुवाही राजविराजका नेपाली सेनाको एक टोलीले राजविराज स्थित लामो समयदेखि बन्द रहेको साँईकृष्ण मेडिकल अस्पतालको जिर्ण भवनमा पाँच दिनभित्र सो आइसोलेशन बेडको व्यवस्थापन गरिएको छ ।
सेनाले भवनको आवश्यक छाना, फाइवर, प्लाई, धारा, शौचालय, तार जाली, मर्मत सम्भार, सरसफाइ गरी विजुली बत्ती, पानी ट्याक जडान लगायतको कार्य गरेर आइसोलेशन अस्पताल तयारी गरिएको भीम दल गण भलुवाही राजविराजका गणपति गुप्तबहादुर कुवँरले बताए । नेपाली सेनाले सरहकारको सहयोगमा २५ लाखको लागतमा व्यवस्थापन गरिएको आइसोलेसन अस्पतालमा आइतबार रातीबाट संक्रमितहरुलाई भर्ना गरिएको हाे ।
आइसोलेशन बेड अभावले नयाँ संक्रमितहरु पछिल्लो चार दिनदेखि क्वारेन्टाइनमै बस्दै आएका थिए । अहिले ३० जना संक्रमितलाई भर्ना गरी उपचार सुरु गरिएको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दासले जानकारी दिए । जिल्लामा ५४ संक्रमितमध्ये अस्पतालको आइसोलेसन वार्डमा २४ जनाको उपचार भइरहेको उनले त्यसमध्ये प्रथम संक्रमित बाहेक २३ जनालाई उक्त आइसेलेशनमा सार्ने तयारी गरिरहेको बताए ।
सबै संक्रमितहरुलाई एकै स्थानमा राख्दा उपचार गर्न सजिलो हुनुको साथै जनशक्ति व्यवस्थापन तथा परिचालन गर्न सहज भइ उपचार प्रभावकारी हुने उनको भनाइ छ । नेपाली सेनाको सुरक्षा तथा रेखदेखमा सञ्चालनमा आएको साँईकृष्ण अस्पतालको आइसोलेशमा बोदेवर्साइन नगरपालिका, राजगढ गाउँपालिका, खडक नगरपालिका, राजविराज नगरपालिका लगायतको क्वारेन्टाइनहरुमा चार दिनदेखि बस्दै आएका ३० जना संक्रमितहरुलाई आइसोलेट गरेको बताइएको छ । संक्रमितहरुको हरेक गतिविधीको निगरानीको लागि सिसी क्यामेरा जडान गरिएको अस्पतालका कोभिड १९ कोरोना भाइरस व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले बताए ।
संक्रमितहरुको आइसोलेट गर्नुअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, अस्पतालका मेसु डा. चुमनलाल दास, स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादव सहितको टोलीले आइसोलेसन कक्षहरुको अवलोकन तथा निरीक्षण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना
कात्तिक ८, २०८१ बिहिबार
रक्षा मन्त्रीको सय दिने उपलब्धि प्रधानसेनापति नियुक्ति गर्नु मात्र !
कात्तिक ७, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार