प्रहरी कार्यालय स्थानन्तरण नगर्न वडाअध्यक्ष सहितको रिले अनशन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार १९:३४:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/anasan_chapakot_Jufgs5mGjZ.jpg)
प्रकाश डोटेल
२२ जेठ, स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका ८ मा स्थापित इलाका प्रहरी कार्यालय चापाकोटलाई स्थानन्तरण नगर्न माग गर्दै वडा अध्यक्षसहित स्थानीयले रिले अनशन शुरु गरेका छन् । चापाकोट ८ का अध्यक्ष नवराज श्रेष्ठसहितको टोली प्रहरी कार्यालयलाई स्थान्तरण नगर्न दबाब दिन रिलेअनशन शुरु गरेका हुन् ।
गत असोज ७ गते बसेको मन्त्री परिषद्को बैठकले चापाकोटको ईलाका प्रहरी कार्यालयलाई वडा प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । स्तरोन्नतीसँगै चापाकोट ९ को सुन्तलीटारमा नयाँ भवन बनाउन शुरु गरेपछि वडा नम्वर ८ का स्थानीयले आन्दोलन स्वरुप सामाजिक दुरी कायम राखेर रिले अनशन गरेका छन् ।
स्थानीयले वडा कार्यालयको गेटमै रिले अनशन शुरु गरेको प्रहरी कार्यालय संरक्षण समितिका सह–संयोजक गोकर्ण भट्टराईले जानकारी दिए । पटक–पटक सम्बन्धित निकायमा पत्राचार र ज्ञापन–पत्र बुझाउने कार्य गर्दा सुनुवाई नभएपछि रिले अनशन शुरु गर्नु परेको भट्टराईले बताए ।
जेठ १८ गते बसेको नगरस्तरीय सर्बदलिय भेलाले हरि प्रसाद भट्टराईको संयोजकत्वमा २३ सदस्यिय इलाका प्रहरी कार्यालय संरक्षण समितिको गठन गरेको थियो । २०५४ सालमा इलाका प्रहरी कार्यालय रत्नपुरको स्थापना भएपछि आवश्यक पर्ने १० रोपनी जग्गा स्थानीय सिता कुमारी पौड्याल र स्वर्गीय चन्द्र कुमारी पौड्यालले निशुल्क प्रदान गरेका थिए ।
“प्रहरी कार्यालयको स्तर उन्नती हुने कुराले निकै हर्षित भएकी थिए ।” जग्गादाता ७८ बर्षिय सिता कुमारी पौड्यालले भनिन्, “अनावश्यक राजनीतिक चलखेलले पीडा दिएको छ ।” प्रहरी कार्यालय आफ्नै १० रोपनी जग्गा भएको स्थानबाट स्थानान्तरण गरेर ३ किलोमिटर पर सुन्तलीटारमा लैजान लागेको उनको भनाई छ ।
हाल प्रहरी कार्यालयको स्थान क्वामीबाट चापाकोट नगरपालिका क्षेत्रलाई सहज रुपमा सुरक्षा प्रदान गर्ने अवस्था हुँदाहुदै साँघुरो ठाँउमा प्रहरी कार्यालय सार्न थालिएको भन्दै आफूहरु बिरोधमा उत्रिएको अनशनमा सहभागि वडा सदस्य राजु कुमालले बताए ।
प्रहरी कार्यालय तत्कालिन रत्नपुर गाविसका अध्यक्ष बद्रिप्रसाद भट्टराईको पहलमा २०५४ सालमा स्थापना गरिएको थियो । भौगोलिक बनावटले समेत हाल प्रहरी कार्यालय रहेको स्थानबाटै सेवा गर्न सहज रहेको ईलाका प्रहरी कार्यालय चापाकोटमा कार्यरत प्रहरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन
असार १२, २०८१ बुधबार
पोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
असार १९, २०८१ बुधबार
महामन्त्री ढकाल बैठक छाडेर निस्किएपछि रास्वपा बैठक स्थगित
असार १९, २०८१ बुधबार
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ, ८ अर्ब हिनामिना गरेको आरोप
असार १९, २०८१ बुधबार
वर्षाले हिलाम्मे काठमाडौंका सडक ( फोटो फिचर )
असार २०, २०८१ बिहिबार
बाढी प्रभावित भन्छन्ः - 'बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो'
असार २०, २०८१ बिहिबार
सुरक्षा सल्लाहकारको नाममा हुने गतिविधि शंकास्पद, नगरकोटको कार्यक्रम अन्योलमा
असार २०, २०८१ बिहिबार
पढाइप्रति आकर्षित गर्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई छात्रवृत्ति
असार २०, २०८१ बिहिबार