उपत्यकाका प्रजिअहरुको आकस्मिक बैठक सकियो, बालुवाटार बैठक भने जारी
नेपालबहस संवाददाता
जेठ २२, २०७७ बिहिबार २३:३:१७
२२ जेठ, काठमाडौं । जनस्तरबाट बन्दाबन्दीको उल्लंघन भएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड–१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो । सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ ।
बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको उनले जानकारी दिए । सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदैछ ।
बन्दाबन्दीको अवधिमा बुधबारमात्रै व्यवसायीले स्वतःफूर्तरुपमा पसल खोल्ने निर्णय गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो तर कुनै निष्कर्ष भने नभएको बैठकमा सहभागी एक प्रतिनिधिले जानकारी दिएका छन् ।अहिलेको अबस्थामा जनस्तरबाट उठेका प्रश्नमासमेत समीक्षा भएको र सरकारलाई केही महत्वपूर्ण विषय सिफारिस गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बन्दाबन्दीलगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएका थिए । यता, बन्दाबन्दीको आस्था र स्वास्थ संक्रमणकालबारे थप निर्णय लिने उद्देश्यले बालुवाटारमा मन्त्रीपरिषद्को बैठक जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार