सप्तरीमा संक्रमति संख्या ६९ पुग्यो, थप १३ जनामा कोरोना पुष्टि
नेपालबहस संवाददाता
जेठ २२, २०७७ शुक्रबार ०:१:३७
धीरुभाइ
२२, जेठ सप्तरी । स्वास्थ्य कार्यालय सप्तरीले जिल्लामा बिहीबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै जिल्लामा कूल संक्रमितको संख्या ६९ पुगेको छ । आज थपिएका संक्रमितहरुमा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छ, छिन्नमस्ता गाउँपालिकामा पाँच, राजविराज नगरपालिकामा एक र शम्भुनाथ नगरपालिकामा एक जना रहेकोे स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनीहरु बसै जना भारतको विभिन्न स्थानबाट आएका पुरुष रहेका छन । अहिले उनीहरु सम्बद्ध स्थानीय तहको क्वारेन्टाइनमा रहेको बताएको छ । एकसाता अघि स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले उनीहरुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको थियो ।
संक्रमितहरुलाई राजविराज स्थित साईकृष्णा अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । जिल्लामा हालसम्म भारतीय सीमासँग जोडिएको डाक्नेश्वरी नगरपालिकामा १२, बोदेबर्साइन नगरपालिकामा १९, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालिनी नगरपालिकामा छ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै राजविराज नगरपालिकामा पाँच, बलान बिहुल गाउँपालिकामा चार, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, तिरहुत गाउँपालिका र विष्णुपुर गाउँपालिकामा एक÷एक जना संक्रमित रहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार