थाहा छ, नेपाली समाज त यसरी ध्वस्त हुँदैछ नि !
नेपालबहस संवाददाता
जेठ २३, २०७७ शुक्रबार २०:४५:३८
♥ पुष्पराज खड्का ♥
२३ जेठ, कुवेत । ठ्याक्कै छ महिना अघि चीनबाट फुत्किएको कोरोना भाइरस अझैसम्म पनि विश्व भ्रमणकै शिलशिलामा छ । अनिसिङ्गो मानव जगतलाई नै त्राही–त्राही बनाउँदै कावुमा राखिरहेको छ । मानिसहरुको दैनिकी पुरै अस्तव्यस्त छ । मानिसहरु फुर्सदमा छन्, आरामै–आरामले थाकिसके मानिसहरु । बाहिर चारै तिर बन्द अनि घर भित्रको उकुस–मुकुसले वाक्क । मानिसदेखि मानिस नै तर्किने, भाग्नु पर्ने अवस्था ।
यो जिन्दगी खै कस्तो जिन्दगी ? समयको विभिन्न कालखण्डहरुमा मानव जातिले आविष्कार गरेका आधुनिक प्रविधि र आर्जन गरेका सारा भौतिक शक्तिहरुलाई लज्जित तुल्याउने गरी पृथ्वीमा अनेक विचित्रका माहामारी र विपत्तिहरु देखा पर्दै आएका छन् । जसको पछिल्लो उदाहरण रुपमा कोरोना माहामारीलाई लिन सकिन्छ । भिन्न–भिन्न समयहरुमा देखा पर्ने गरेका विनाशकारी भुकम्प, सामुन्द्रिक आँधी (सुनामी),भिषण वर्षा, बाढीपहिरो, आगोलागी तथा ज्वालामुखी विस्पोट,अत्याधिक हिमपात र हिमपहिरो अनि रोग संक्रमणको माहामारी आदि जस्ता कारणले मानव जीवनमाथी नै चुनौति थपिरहेको छ, जसको सामना गरेर अगाडी बढ्न अब मानिसले आफ्नो दैनिक क्रियाकलाप, जीवनशैली र रहनसहनमा पुनर्विचार गर्नु जरुरी र अनिवार्य भैसकेको छ ।
हाम्रो विगत र वर्तमानको जीवनशैली अनि रहनसहनः
हामी अझै पनि हाम्रो देश नोपल कृषिप्रधान मुलुक हो भनेर पढ्ने र पढाउने गर्दै आइरहेका छौँ । एक–दुई दशक पहिलेसम्म कृषिप्रधान भन्दा थोरै न्याय नै हुन्थ्यो तर आज अहँ फिटिक्कै त्यसो भन्न र मान्न सकिन्न ।अधिकांश मानिसहरु गाउँघरमै बस्थे, परिवार सिङ्गो थियो, कृषि र पशुपालन फस्टाएकै थियो । जीवन नै त्यसमै घुमेको थियो, मनग्य कमाइ पनि हुन्थ्यो, दुखःसुख राम्रै चलेको थियो । घर भरी पशु–पंक्षी, भकारी भरी अन्न, खेतबारी बाह्रै मास बालिनालीले ढकमकै हुन्थे। नुन, मट्टितेल, रासायनिक मल र बढीमा खाने तेल किने दैनिक जिवन मज्जाले चल्थ्यो । पशुपंक्षीको व्यापार, दुध, दही, घ्यु बिक्री, नगदे बाली तथा फलफुल तराकारीको व्यापार नै आम्दानीको प्रमुख स्रोत थियो । धान, कोदो, गहुँ, तोरी, फपर लगायतका खाद्यन्नहरु पनि आम्दानीका प्रमुख स्रोत थिए । जसबाट नै विवाह र व्रतबन्ध, मर्दा र पर्दा, औषधोउपचार र विशेषतः बालबच्चाको पढाइ खर्च, चाडपर्व र परम्परा, पाउनापासा, माइतीमावला अनि ससुराली र घर सबै मज्जाले धानेको, चलेको नै थियो । त्यसमै सबै रमाएर बसेका थिए । जब समय–परिस्थीतीले हामी र हाम्रो समाजलाई बिस्तारै आधुनिकतामा ढाल्दै लग्यो, हाम्रो संस्कार, संस्कृति, गाउँले जीवन आधुनिकताको नाममा अतिक्रमणको चपेटामा पर्न पुगे । विकासका नाउँमा गाउँमा अनेक थरीको प्रवेश हुन थाल्यो । त्यस पछि अभाव र दुःखको अनुभुती हुनथाल्यो । काल्पनिक सुखको खोजिमा मानिसका पाईलाहरु छिटपिट गर्न थाले अनि सहर र बजार, देश र परदेशको यात्रा सुरु हुन थाल्यो । अनि सुरु भयो परिवारको छेदविछेद ।
सुरुमा नातिनातीनाहरु पढाइ र रोजगारीको लागी सहर लाग्न थाले । त्यस पछि छोरा र बुहारी पनि उतै सुख र सयल खोज्न र रमाउन थाले । कमाउने, सुखको जीवन बाँच्ने र रमाउने, बहाना यस्तै–त्यस्तै। गाउँमा बा र हजुरबा, आमा र हजुरआमा मात्रै । युवा र युवती,पढेलेखेकाहरु चाहीँ सहरमा । गाउँवस्ती विस्तारै पातालिंदै गयो । जग्गा जमिन बाँझिदै गए । अन्नबाली घटदै गयो । पशु चैपाया हराउँदै गए । फलस्वरुप गउँका खेतबारी स्यालघारीमा परिणत भए । जंगली जनावरको प्रमुख वासस्थान बन्दै गयो भने पहिलेको स्यालघारी, बाँझो खेतबारी, सिमचहार र खाली ठाउँमा बस्ति बढ्न थाल्यो । विस्तारै तथा कथित शहरहरु निर्माण हुन थाल्यो । घरै घरको शहर बन्दै गए । घरहरु नजिक हुँदै गए भने बाटाहरु र चउरहरु साँघुरिदै गए । सहर जति साघुँरिदै गए मानिसका मन त्यति नै फाटिदै गए । मानिसमा सुख र सुविधाको भोक अझै बढ्दै जाँदा यी शहर र बजारले धान्न सक्ने भएनन् ।
गाँउबाट सहर पलायनले छरछिमेक सुनसान, गाउँ खाली–खाली र सहरका अलीअली हुनेहरु युरोप र अमेरिका पलायनले सहर टुक्रा–टुक्रा बन्दै गएको छ । परिवार र समाज व्यक्तीवादी बन्दै छ । छोरा–बुहारी एकातिर, बा–आमा अर्का तिर अनि हजुरबा–हजुरआमा अर्थात सासु–ससुरा गाउँका झुप्रा तिर । शहरका कुनातिर, बृद्वा आश्रमका पेटीतिर आ–आफ्ना सुरताल र व्यवारिसे अवस्थामा । गाउँबाट परदेशिनेहरुले कमाउलान कि नकमाउलान ? सकुशल फर्केर आँउछन् कि आँउदैनन् भन्ने पिर छ । अनि पिआर र ग्रिन कार्डमा रमाउनेहरुका पनि समस्या नै समस्या आफ्नै ठाउँमा छ । शरिरभरी गहना छ । पैसाको पनि दुःख छैन । कस्तो ? के खाने ? हाईसन्चो । तर, घरमा बुढाबुढीमात्र चाडपर्व सुखदुख, मायाप्रेम सबै भिडीयो कलबाट मात्र साटिने, हेरेरै मन बुझाउनु पर्ने । गाह्रो–साह्रोमा पानी पनि कसले पो दिने हुन् । झन दुखैःदुखको जिन्दगी जिउनु पर्ने अहिलेको विडम्बना बनेको छ ।
गाउँबाट सुरु भएको परिवारको छिन्न–भिन्नता सहर र बजार हुँदै देशदेखि परदेशसम्म पुग्यो । तथा कथित सुखको खोजी भनौं या रहर भनौँ अथवा बाध्यता जे भनौं, खाडी र मलेसिया कमाउन अनि युरोप र अमेरिका, अस्ट्रेलिया र क्यानडा, बाहाना पढाईको होस् या अझै बढी सुख र प्रगतिको किन नहोस् । पीआर र ग्रिन कार्डको सपना र लोभले होस् आज एउटा संयुक्त परिवार चोइटा–चोइटामा गाउँदेखि सहर अनि सहरदेखि परदेशसम्म छरिन पुगेको छ ।
परदेशमा दुःख गर्नेहरुको दुःख घरवालीले नबुज्ने, स्वतन्त्रता पचाउन गाह्रो भए जस्तो हुने अनि घरमा घाँस र दाउरा गर्ने, दुःख जिलो गरि परिवार समाल्ने अनि समाजलाई रिझाएर बस्नेवालीहरुमाथी परदेशवालाहरुले घात र प्रतिघात गर्ने शिलशिलाको पनि आदानप्रदान हुन थाले । टाढा–टाढा हुँदा माया झन गाढा हुनु पर्ने हो, सबैको त्यस्तो नहुने रहेछ । माया र विश्वासमा संकट, मनको दुरीहरु पनि झन टाढिदै जाने । श्रीमान–श्रीमतीका बीचमा कलह, पारिवारीक असान्ति, गाउँ–समाज विस्तारै विकृती तर्फ लम्किन थाल्यो । धन, सम्पत्ति र सुख भन्दा पनि सहर बजार र पुरै समाजमा अन्य अनगिन्ती समस्या र कहरहरु बढ्न थाले, त्यो सुखको खोजीमा लागेको मानिसभित्र अब पाएको सुखपनि गुम्ने गरी घाउहरु बल्जिंदै गए ।
समयकालसँगै गाँउबाट सहर पलायनले छरछिमेक सुनसान, गाउँ खाली–खाली र सहरका अलीअली हुनेहरु युरोप र अमेरिका पलायनले सहर टुक्रा–टुक्रा बन्दै गएको छ । परिवार र समाज व्यक्तीवादी बन्दै छ । छोरा–बुहारी एकातिर, बा–आमा अर्का तिर अनि हजुरबा–हजुरआमा अर्थात सासु–ससुरा गाउँका झुप्रा तिर । शहरका कुनातिर, बृद्वा आश्रमका पेटीतिर आ–आफ्ना सुरताल र व्यवारिसे अवस्थामा । गाउँबाट परदेशिनेहरुले कमाउलान कि नकमाउलान ? सकुशल फर्केर आँउछन् कि आँउदैनन् भन्ने पिर छ । अनि पिआर र ग्रिन कार्डमा रमाउनेहरुका पनि समस्या नै समस्या आफ्नै ठाउँमा छ । शरिरभरी गहना छ । पैसाको पनि दुःख छैन । कस्तो ? के खाने ? हाईसन्चो । तर, घरमा बुढाबुढीमात्र चाडपर्व सुखदुख, मायाप्रेम सबै भिडीयो कलबाट मात्र साटिने, हेरेरै मन बुझाउनु पर्ने । गाह्रो–साह्रोमा पानी पनि कसले पो दिने हुन् । झन दुखैःदुखको जिन्दगी जिउनु पर्ने अहिलेको विडम्बना बनेको छ । अवस्था यस्तो भइसक्यो कि कसैले चाहेर वा रोएर पनि परिवारका सदस्यलाई एकै ठाउँमा जोड्न सकिने संभावना अति निराशाजनक बन्दै गएको छ ।
परिवारले परिवारलाई सम्झनको लागी कि चाडपर्व आउनु पर्यो कि त मर्दा, कि त पर्दा ,रहर वा कहरमा मात्र हो । को आफ्ना ? को पराया ? पहिचान नै गुम्ने स्थिती छ । दुईडेढ दशक पहिलेको त्यो नेपाली समाज आजको यो हालमा आइपुग्नु रहर हो या बाध्यता ? समयको परीवर्तन हो वा दोष ? प्रगती र विकास हो या विनाशको बाटो ? जे भए पनि वर्तमान जिवनशैलीमा खुसी हुन सकिन्छ या दुःखको अनुभूती, आ–आफ्नै हुन सक्ला । तर बढी सुखसुविधा, लोभ र लालसा अनि आधुनिकताको माहारोगले नेपाली समाज ध्वस्त हुदैँ छ भन्ने कुरामा चैं कुनै दुविधा नहोला । किन की परिवारहरुको यो छिन्नभिन्नता हिजोको हाम्रो गाउँ र समाजले कल्पना गरेका कुरा पक्कै होइनन्।
अहिलेको कोरोना प्रभावले हाम्रो जिवन भोगाइमा फेरबदल गर्ला त ?
जसरी अहिले विश्व नै माहामारी र त्रासदीमा फसेको बेला हरेक नेपालीका परिवार आफ्नाको चिन्तामा होलान् । किन कि सबैका परिवार लगभग प्रायः विश्वका सबै देश र परदेशका कुना–कुना छरिन पुगेका छन् । आखिर जो–जहाँ भए पनि यस्तै माहामारी र आपतमा सबैले परिवारलाई सम्झने गर्छन् । अनि कोरोनाको त्रासमा बाँचिराख्दा देश, परदेशसम्म छरिएर बसेका परिवारमा कतै आफ्नै देश, आफ्नै शहर, गाउँ, घरपरिवार नै सुखको पहिलो आधार हो । धन, सम्पती चाहिने कुरा हुन तर सब थोक होइन । लोभ र लालसा भन्दा आत्मा सन्तुष्टी सुखको मन्त्र हो भन्ने भावना जागृत भएर आउँछ कि त ?? अनी विदेशीएर टाढा कहाँ कता हराएका, गुमनाम भएका आफ्ना मान्छेहरु, छोराछोरीहरु, नातेदार र साथीभाइहरु फर्कि आउने थिए कि ? देशमै बाँच्ने, रमाउने र कमाउने अठोट र हिम्मत पलाउने थियो कि ? पैसा र सुखका लागी दुनियाँ भौँतारिन सक्ने हामीले जन्मेकै माटोमा बाँच्ने, रमाउने र मर्ने अठोट गर्नै पर्ने हुन्छ । त्यसो गर्न सक्यौँ भने हामी आफ्नै गाउँ–घर, परिवारमा खुशीका साथ बाँच्न सक्ने थियौँ अनि त्यही सरल र सुखी जिवनशैलीमा फर्कन पनि सक्ने थियौँ कि ??
आश गरौँ फेरि ती दिनहरुमा हाम फाल्न सक्ने छौँ ।
सबैको जय जय होस् ।
खुशी सबैको लागी होस् ।
संभव छ ती खुशीहरुलाई पुनर्जिवीत गराउन ।।।।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार