स्याङ्जाको वालिङमा १० जनामा कोरोना सङ्क्रमण
नेपालबहस संवाददाता
जेठ २४, २०७७ शनिबार १५:४६:५८
२४ जेठ, कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई र पोखरा महानगरपालिकाका ५९ वर्षीय एक पुरुष गरी कास्कीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २५, २३, ३२, ४४, ५२ र ५४ वर्षीय आठ पुरुष र हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई गरी १० थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।
बागलुङको ताराखोला गाउँपालिकाका एक ३९ वर्षीय पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय तीन पुरुषमा कोभिड–१९ पुुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । सङ्क्रमितलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताए ।
कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । बागलुङका दुई र लमजुङका एक निको भएका छन् । प्रदेशमा हालसम्म चार हजार ६८७ को पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ८७७ जनामा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ७५४ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार