दैनिक उपभोग्य सामानको मूल्य आकाशिदा उपभोक्ता समस्यामा
नेपालबहस संवाददाता
जेठ २५, २०७७ आइतबार २२:१०:२०
२५ जेठ, बाजुरा । बन्दाबन्दी जारी रहँदा यहाँ बजार भाउ वृद्धि भएको छ । पर्याप्त मात्रमा खाद्यान्न मौज्दात रहेकाले मूल्य नबढेको विक्रेताले दाबी गरे पनि बजारमा मूल्य वृद्धि आकाशिएको उपभोक्ताले गुनासो गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा व्यापारीले खाद्यान्न पुरानै मूल्यमा बिक्री गरेको बताइरहँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परेको जनाएका छन्
चामल, पिठो, नुन तेलको मूल्यमा समान देखिए पनि तरकारीसहितका अन्य वस्तुको मूल्यमा रु पाँचदेखि ३० भन्दा बढीसम्म मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो छ । बन्दाबन्दी जारी रहँदा बजार क्षेत्रमा प्रभावकारी अनुगमन हुन नसक्दा पनि दैनिक उपभोग्य सामानको मूल्य आकाशिएको हो ।
अहिले व्यापारीले तोके अनुसार ग्राहकले सामानको मूल्य तिर्नुपर्ने बाध्यता छ । व्यापारीले मनोमानी मूल्य लिने गरेको र म्याद नाघेका सामानसमेत बिक्री गर्ने गरेको गुनासो आउने गरेको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार विकले बताए ।
डिजेल पेट्रोलको मूल्य घटिरहेका समयमा जिल्लामा लिटरमा रु २० देखि ५० भन्दा बढी मूल्य तिर्नु परेको गुनासो यातायात व्यवसायीको छ । मार्तडी बाहिरका स्थानीय हाटबजारमा मेघा चामल प्रतिकेजी रु १०० तिर्न बाध्य भएका छन् । रु ५० मा प्रतिकेजी पाइने काँक्रो रु ६० देखि ८० मा बिक्री भैराखेको छ । फलफूलमा समेत रु २० देखि ६० सम्म प्रतिकेजी मूल्य बृद्धि गरी लिने गरेको पाइएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिले यसअघि बाम्का, मार्तडीलगायत बजारको अनुगमन गरी म्याद नाघेका सामान नष्ट गरेको थियो । कृत्रिम अभाव हुन नदिन प्रशासन सचेत बन्नु विद्यार्थी नेता राजीव रोकायाले आग्रह गरे । प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई कानूनी दायरामा ल्याउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार