बालिकासहित नौ जनाले कोरोना जितेर घर फर्किए
नेपालबहस संवाददाता
जेठ २५, २०७७ सोमबार ०:१६:२
२५ जेठ, बुटवल । बुटवल उपमहानगरपालिकाले निर्माण गरेको आइसोलेशन सेन्टरमा कोरोना सङ्क्रमण भई आएका नौजना आज एकै दिन कोरोनालाई जितेर फर्किएका छन् । बुटवल उपमहानगरपालिका–११ स्थित एन्फा एकेडेमीमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा विभिन्न चरणमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण नेगेटिभ आएपछि आज बिदाइ गरिएको हो ।
कपिवलस्तुको बाणगङ्गा नगरपालिका–४ का अध्यक्ष भीष्मराज भुसाल र आठ वर्षीया बालिकाले कोरोना परास्त गर्दै डिस्चार्ज भएका छन् । सात्विक भोजन, सन्तुलित आहारविहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरेको बताउँदै भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए । उनलाई सङ्क्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफैँ स्कुटी चलाएर बुटवल आएका थिए । “बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो तर यहाँको वातावरणले सबै तनावमुक्त बनायो”, वडाअध्यक्ष भुसालले भने, “मनोबल उच्च राख्ने र सन्तुलित आहारविहार गर्ने हो भने कोरोना जितिँदोरहेछ ।”
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना जितेका सबैलाई आज पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गरे । विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम उनीहरुलाई डिस्चार्ज गरिएको नगरप्रमुख सुवेदीले बताए । घर फर्किएपछि समुदायमा सचेतनादूतका रुपमा काम गर्न आग्रह गर्दै उनले सन्तुलित आहारविहारलाई जारी राख्न आग्रह गरे ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आइसोलेशनबाट सङ्क्रमण मुक्त भएर घरमा गए पनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराए । आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ र एकजना रुपन्देहीका रहेका छन् । उनीहरु सङ्क्रमण पोजेटिभ देखिएपछि गत जेठ ११ गते बुटवल–१० स्थित बुटवल आइसोलेशन सेन्टरमा भर्ना हुन आएका थिए ।
भर्ना भएकामध्ये सातजना भारतबाट फर्किएर आएकाहरु हुन् । उनीहरुमध्ये दुईजनालाई सामान्य ज्वरो देखिए पनि अरू कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेशनमा खटिएका स्वास्थ्यकर्मीले बताएका छन् । दुईजना भने घरमै रहेका बेला सङ्क्रमित भएको भन्दै बुटवलमा आएका थिए । उनीहरुबाहेक अरू सबै जना भारतबाट आएका हुन् ।
आइसोलेशनमा अब ३२ जना रहेका छन् । उनीहरुमध्ये केहीको दोस्रो चरणको परीक्षणमा पनि सङ्क्रमण देखिएपछि अब फेरि अवधि पूरा भएपछि स्वाब सङ्कलन गरेर परीक्षण गरिनेछ । सम्भवतः आइतबार बेलुका नै वा सोमबार स्वाब सङ्कलन गरेर पठाउने गरी तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।
आइसोलेशन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य परीक्षण गर्नाका साथै नियमित रुपमा योगा अभ्यास, ध्यान, नृत्य गराउनाका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेशन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
असोज ८, २०८१ मंगलबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार