गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुखको आत्महत्यामा नगर प्रमुखको संलग्नता !
नेपालबहस संवाददाता
जेठ २५, २०७७ सोमबार ४:३२:५
२५ जेठ, स्याङ्जा । गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख आइतबार झुन्डिएको अवस्थामा फेला परेका छन् । बिहानदेखी सम्पर्कबिहिन बनेका लिला भण्डारी साँझ करिब ४ बजे गल्याङ नगरपालिका-२ बटुवा भन्ने ठाउँमा राम्सिनको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको आत्महत्यामा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीको संलग्नता भएको घर परिवारले आरोप लगाएका छन् ।
नगरप्रमुख अधिकारले चरम प्रेसर दिएपछि शुक्रबार राजीनामा लिएर कार्यलय पुगेपनि उनको राजीनामा स्वीकृत नगरिएको गल्याङ नगरपालिका प्रशासकीय अधिकृत इश्वारीप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, राजीनामा लिएर आएका थिए तर हामीले स्वीकृत गरेनौं ।
गल्याङ नगर हस्पिटलका कर्मचारीलाई तलब नदिएको लगायतका काण्डमा नगर प्रमुख आफू राम्रो बन्ने र दोष जति उनै भण्डारी माथि थुपार्ने र भण्डारीलाई नगरपालिकाभित्र एक्लै राखेर गलत निर्देशन दिने र बाहिर आफू राम्रो बन्ने नगर प्रमुखको दबाब थेक्न नसकेको उनका घरपरिवारले जनाएका छन् । शुक्रबार राजीनामा लिएर पुगेका उनलाई धमक्याएर पठाइएको घर परिवारले आरोप लगाएका छन् ।
घटनास्थलमा पुगेका छोराले नगर प्रमुखलाई देख्न साथ मेरो बाउको हत्यारा यहि हो । मेरो बाउलाई प्रेसर दिएर आफू घुम्नी कुर्चीमा बसेर खाने । मेरो बाउको हत्यारालाई मार्छु भन्दै छोराले रुवाबासी गरेपछि नगर प्रमुख घटनास्थलबाट फरार भएका थिए । छोराले यस्तो कुरा सार्वजनिक गरेसँगै घटना रहस्यमय बनेको छ । मृतकको साथबाट एउटा १६ जीबीको पेनड्राइभ र एउटा कागज फेला परेको छ । लासलाई हाल पोस्टमार्टमको लागि वालिङ लगिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार