कर्णालीमा दैनिक एक हजारको पीसीआर परीक्षण गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ २६, २०७७ मंगलबार ३:५५:५
२६ जेठ, सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले दैनिक एक हजार नागरिकको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् । कर्णाली प्रदेशसभाको प्रदेश मामिला तथा विधायन समितिको आज बसेको बैठकमा उनले हाल दैनिक ३०० जनाको परीक्षण भइरहेकामा अब नयाँ मेसिन जडान गरेर एक हजार जनाको पिसीआर परीक्षण गर्ने बताए ।
समितिले मन्त्री रावललाई बैठकमा बोलाएर कर्णालीमा कोरोना सङ्क्रमण, जोखिमको अवस्था, नियन्त्रण प्रयास, पीसीआर जाँच, स्वास्थ्यकर्मीको अवस्थालगायतका विषयमा छलफल गरेको हो । प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले सुर्खेतमा जडान गर्ने गरी पीसीआर मेसिन खरीदको प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।
मन्त्री रावलले टेकुको केन्द्रीय प्रयोगशालाको भन्दा प्रदेशहरुमा पीसीआर जाँच बढी कर्णालीमै हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। “कर्णाली प्रदेशले हालसम्म १० हजार १८४ जनाको पीसीआर जाँच गरेको छ”, उनले भने, “नौ हजार १२४ जनाको नतिजा नेगेटिभ र ६.३४ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ, २२ हजार ९०५ को दु्रत विधिको आरडीटी परीक्षण गरिएको छ ।”
बैठकमा मन्त्री रावलले २७ स्थानीय तहमा ५०-५० बेडका आइसोलेशन वार्ड स्थापनाको कार्य पनि अघि बढाइसकेको जानकारी दिए । उनले भने, “सल्यान जिल्ला अस्पतालमा आइसोलेशन वार्ड स्थापना भइसकेको छ, अन्य स्थानमा पनि बन्दैछन्, सङ्क्रमितलाई आइसोलेशनमा राखेर नतिजा नेगेटिभ आएपछि मात्र घर पठाउन निर्देशन दिइएको छ ।” कर्णालीमा ६४ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी रिक्त रहेकाले कोरोना नियन्त्रणमा समस्या भएको उनको भनाइ थियो ।
समितिका सदस्य धर्मराज रेग्मीले दैलेख कोरोनाको ‘रेड जोन’ बनिसक्दा प्रदेश सरकारले चिकित्सकसहित स्वास्थ्यकर्मी पठाउन नसकेको बताए । समितिका सदस्यहरुले पीसीआर मेसिन खरिद गर्न ढिला गर्दा परीक्षण नभएर नागरिकको मृत्यु हुने गरेको गुनासो गरेका थिए ।
समितिका सदस्य मिनासिं रखालले एम्बुलेन्स खरिद तथा स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी के छ भनी प्रश्न गरे। जवाफमा मन्त्री रावलले अवस्था अटिल बन्दै गए कम्तीमा २५० स्वास्थ्यकर्मी करारमा लिन सकिने गरी मन्त्रालयले गृहकार्य गरिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्र्याकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै
कात्तिक २१, २०८१ बुधबार
छठपर्वमा अस्ताइन चर्चित भोजपुरी गायिका सिन्हा
कात्तिक २१, २०८१ बुधबार