पीसीआर मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार १६:१०:२६
२७ जेठ, बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । पीसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न रु ३० लाख बजेट विनियोजन गरिएको हो ।
सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो साताभित्र पीसीआर मेसिन खरिद गरिसक्ने गरी बजेट विनियोजन गरेको नगरप्रवक्ता माया शाहले जानकारी दिए । बैठकले मेसिन खरिद र व्यवस्थापनको जिम्मा जिल्ला अस्पताल बाजुरालाई दिने निर्णय गरेको छ । बैठकले पीसीआर जाँच मेसिन जिल्ला अस्पतालले व्यवस्थापन गर्न नसकेमा छिमेकी जिल्ला अछामस्थित बयालपाटा अस्पताललाई पनि जिम्मा दिन सकिने गरी निर्णय गरिएको प्रवक्ता शाहको भनाइ छ ।
यस्तै बैठकले कोरोनाको उपचारार्थ खटिएका स्वास्थ्यकर्मीको ज्यान गएमा रु १० लाख क्षतिपूर्ति र सन्तानलाई कक्षा १२ सम्म निःशुल्क पढाइको व्यवस्थापन गर्ने निर्णय गरेको छ । नगरपालिकाले अन्य स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गर्नुपर्नेमा समेत जोड दिएको छ । पीसीआर जाँचमा भएको ढिलाइका कारण कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टाइन बसेकाहरुको रिपोर्ट सात दिन बितिसक्दा पनि आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
कात्तिक २१, २०८१ बुधबार
नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार