कमिशनको लोभमा सरकार गर्दैछ आरडीटी
कुसुम सेञ्चुरी
जेठ २७, २०७७ मंगलबार १९:३३:२५
२७ जेठ, काठमाडौं । कोरोना कहरले थला परेको विश्व अर्थतन्त्र पूर्ववत चलायमान हुन सक्ला त ? धेरैको जिज्ञाशा यस्तै छ । अझ नेपाल जस्तो मुलुकको अर्थतन्त्रको हालत कस्तो होला भन्ने चिन्ता सम्बद्ध पक्षको रहेको पाइन्छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सबाट धानेको अर्थतन्त्र अब नयाँ दिशामा बटारिएको छ । खाडीलगायत धेरै मुलुकमा रोजगारी गुमाएका नेपाली युवा धमाधम स्वदेश फर्कंदैछन् । झण्डै तीन महिनासम्म विदेशमा थन्क्याएर बल्ल सरकारले उनीहरुलाई स्वदेश फर्कने अनुमति दिन थालेको छ । त्योपनि उनीहरु कै खर्च र सम्बन्धित देशको खर्चमा । तर सरकार आफैले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार गरेजस्तो प्रचार गर्नमै मग्न छ ।
अर्कोतर्फ यसले नेपाली अर्थतन्त्रलाई अर्काे धक्का पुगिरहेको छ । तीन महिना अगाडिसम्म ती नेपाली युवासँग केही डलर पनि थियो । तर बितेको तीन महिना बिना काम बस्नुपर्दा सञ्चित रकमसमेत खाना र बस्नकै लागि उतै खर्च भएको छ । अब उनीहरु फर्कंदा रित्तै हात आउने हो । सरकार यहीं नेर नराम्ररी चुकेको छ । नेपाली जनतालाई विदेशमै सुरक्षितसँग बस भन्ने अवधारणा नै गलत थियो । उनीहरुलाई ढिलो चाँडो नेपाल फर्काउनै पथ्र्याे । बेलैमा फर्काएको भए कोरोना संक्रमणको जोखिम पनि कम र केही पैसासमेत ल्याउने अवस्था थियो । अब न त पैसा नै बचत भएको छ, न कोरोना संक्रमणको संभावना न्यून । यसरी एउटा गलत निर्णयले देश कसरी प्रताडित हुँदो रहेछ भन्ने बुझाउन यो नै पर्याप्त छ ।
उनीहरुलाई व्यवस्थित रुपमा नराख्दा क्वारेण्टाइनबाटै समुदायमा समेत फैलाउने अवस्था सिर्जना भएको छ । स्वास्थ्यको मापदण्ड विपरित तयार गरिएको क्वारेण्टाइन नै संक्रमणको कारखाना बन्न पुगेको छ । एक साताअघिसम्म दुई अंकमा सीमित संक्रमण दर अहिले तीन अंकमा पुगिसकेको छ । अर्काे साता एकैदिन चार अंकमा संक्रमित संख्या नपुग्ला भन्ने अवस्था छैन ।
अर्काे महत्वपूर्ण पक्ष भनेको सरकारले भारतमा रहेका नेपालीका प्रति दर्शाएको सौतेनी व्यवहार पनि कोरोनासँगै अर्थतन्त्र तहसनहस पार्न सहयोगी भएको छ । सबैलाई ज्ञात भएकै हो भारतमा रोजगारीका लागि पश्चिम नेपालबाट लाखौं मानिस पुगेका छन् । कोरोना कहरले उनीहरुलाई स्वदेश फिर्न बाध्य पार्ने पनि सत्तासिनहरुलाई ज्ञात नभएको होइन । तर तिनलाई कसरी व्यवस्थित ढंगले ल्याउने र क्वारिण्टन गर्ने भन्नेमा प्रधानमन्त्री केपी ओली र उनको टीमले ध्यान दिएन । जब भारतमा कोरोना भर्खरै देखापरेको थियो, त्यही बेला नेपाल आउनेलाई सहज बनाइदिनु पथ्र्याे । साथै, अलीपछि नेपाल आउन चाहनेलाई पनि सरकारले आफ्नै भूमिमा व्यवस्थित रुपमा क्वारेण्टाइन गर्नुपथ्र्याे । तर ओलीका सारथीले त्यसको दरकार देखेनन् । बरु भारतीय क्षेत्रमै क्वारिण्टिन गराए । त्यहींबाट संक्रमण फैलियो । त्यसपछि नेपाल आउँदा धेरैमा संक्रमण फैलिएको पुष्टि भएको देखियो ।
नेपालमै व्यवस्थित रुपमा राखेको भए आजको जस्तो भयावह अवस्था आउने थिएन । अहिले भारतबाट नेपाल आउनेमा अधिकांश कोरोना संक्रमित भएको पाइयो । साथै, उनीहरुलाई व्यवस्थित रुपमा नराख्दा क्वारेण्टाइनबाटै समुदायमा समेत फैलाउने अवस्था सिर्जना भएको छ । स्वास्थ्यको मापदण्ड विपरित तयार गरिएको क्वारेण्टाइन नै संक्रमणको कारखाना बन्न पुगेको छ । एक साताअघिसम्म दुई अंकमा सीमित संक्रमण दर अहिले तीन अंकमा पुगिसकेको छ । अर्काे साता एकैदिन चार अंकमा संक्रमित संख्या नपुग्ला भन्ने अवस्था छैन । सरकारले समयमै कोरोनालाई गम्भिरतापूर्वक लिएको भए स्थिति नियन्त्रणमै रहने विज्ञहरुको भनाई रहेको छ । तर प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेका व्यक्तिले नै नेपालीको इम्युनिटी पावर उच्च भएकाले भाइरसले केही गर्दैन भन्ने हल्का अभिव्यक्ति दिनुले समेत लापरवाही र निकम्मापन देखिन्छ ।
कमाउने उपयुक्त मौका बनेको छ कोरोना कहर । स्वास्थ्य मन्त्री र उनको टीम नै अहिले जसरी हुन्छ कमाउने धन्दामा लागेको छ । त्यसैले बढी कमिशन आउने आरडीटी कीट किन्न हौसिएको छ ।जबकी आरडीटीलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको छैन । पीसीआर गर्दा त्यसमा थोरै मात्र कमिशन आउने भएकाले स्वास्थ्य मन्त्री र उनको टीम आरडीटीमा जोड गर्दैछन् । आरडीटीको रिजल्ट भने विवादास्पद हुने गरेको छ ।
अर्काे कुरा परीक्षण फितलो भयो भनेर धेरैले गुनासो गरेका छन् । हुनपनि क्वारेण्टाइनबाट घर फर्काइएकाको कोरोनाबाटै मृत्यु भएको घटना सार्वजनिक भएका छन् । आरडीटी गरेर घर फर्काउने अनि मरेपछि चाहिं पीसीआर गरेर पुष्टि गर्ने विचित्रको काम भइरहेको छ । कोरोना संक्रमण नभएको प्रमाणित गरेर घर पुगेकाहरु नै भटाभट मरेपछि त्यसले जोखिम कहाँ पु¥यायो होला ? भन्न कठिन छ । परीक्षणको दायरा नबढाएसम्म संक्रमणको वास्तविक अवस्था थाहा नहुने पक्का हो । तर ओली सरकार भने पीसीआर नै नगरी घर पढाउने धन्दामा अग्रसर छ । यसैले पनि सरकार आफैं कोरोना संक्रमण फैलाउने अभियन्ता भइरहेको बुझ्न सकिन्छ ।
आखिर ओली सरकार उल्टो दिशामा किन अग्रसर भएको होला ? धेरैले यस्तो जिज्ञाशा राख्नु स्वभाविक हो । यसका पछाडिको मूलकारण भनेको भ्रष्ट सोच नै हो । कमाउने उपयुक्त मौका बनेको छ कोरोना कहर । स्वास्थ्य मन्त्री र उनको टीम नै अहिले जसरी हुन्छ कमाउने धन्दामा लागेको छ । त्यसैले बढी कमिशन आउने आरडीटी कीट किन्न हौसिएको छ ।जबकी आरडीटीलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको छैन । पीसीआर गर्दा त्यसमा थोरै मात्र कमिशन आउने भएकाले स्वास्थ्य मन्त्री र उनको टीम आरडीटीमा जोड गर्दैछन् । आरडीटीको रिजल्ट भने विवादास्पद हुने गरेको छ ।
हुने खानेले त होटल, लज र रिर्सोटमा बस्लान् तर हुँदा खानेहरु के त्यही भैसीगोठ, बाख्राको खोर र यातनागृहमा बस्ने ? के राज्यको आफ्ना नागरिकप्रति कुनै दायित्व र जिम्मेवारी छैन् ? यस्तो विभेदकारी सोच कहिलेसम्म पाल्ने ? अहिले सबै नागरिकका प्रति सरकारले दायित्ववोध गर्नुपर्छ । धेरै सुविधासम्पन्न होटलमा सम्वन्धित व्यक्तिले नै खर्च व्यहोर्ने नीति ठीकै होला । तर भारतलगायत खाडीबाट आउनेहरुका लागि सरकारले नै होटल लजको व्यवस्था गर्न सक्दैन ।
फेरि क्वारेण्टाइनकै कुरा गरौं । विदेशबाट आउनेहरुबाटै नेपालमा कोरोना संक्रमण फैलिएको सबैले मानेकै विषय हो । आयातित कोरोनालाई व्यवस्थित रुपमा क्वारेण्टाइन गर्न सकेको भए समुदायमा पुग्ने सम्भावना न्यून हुने थियो । त्यसका लागि राम्रो बसोबास र खानपिन नै मुख्य आधार हुन् । कोरोनासँग लड्ने औषधि पत्ता नलागेसम्म संघर्षको विकल्प रहेन । त्यसैले विदेशबाट आएकाहरुलाई राम्रो गाँस र बासको व्यवस्था गरिदिने हो भने अझै धेरैलाई जोगाउन सकिन्छ । विज्ञहरु भन्छन्, यसका लागि सरकारले थोरै गृहकार्य गरे हुन्छ । राम्रो क्वारेण्टाइनका लागि देशैभर बन्द अवस्थामा रहेका सुविधासम्पन्न होटल, लज र रिसोर्टको प्रयोग गरिनुपथ्र्याे । त्यसका लागि प्लेन चढेर आउनेले मात्र अनुमति पाउने नीति नै गलत हो । त्योपनि आफ्नै खर्चमा ।
हुने खानेले त होटल, लज र रिर्सोटमा बस्लान् तर हुँदा खानेहरु के त्यही भैसीगोठ, बाख्राको खोर र यातनागृहमा बस्ने ? के राज्यको आफ्ना नागरिकप्रति कुनै दायित्व र जिम्मेवारी छैन् ? यस्तो विभेदकारी सोच कहिलेसम्म पाल्ने ? अहिले सबै नागरिकका प्रति सरकारले दायित्ववोध गर्नुपर्छ । धेरै सुविधासम्पन्न होटलमा सम्वन्धित व्यक्तिले नै खर्च व्यहोर्ने नीति ठीकै होला । तर भारतलगायत खाडीबाट आउनेहरुका लागि सरकारले नै होटल लजको व्यवस्था गर्न सक्दैन । यसले होटल व्यावसायीलाई पनि केही राहत पुग्ने र आम नेपालीले समेत सुविधा पाउने वातावरण बन्थ्यो । राज्यले व्यवसायीहरुलाई राहत दिने कुरा यहींबाट संवोधन गर्न सकिन्थ्यो ।
तर सरकार गर्न तयार छैन । तीनै तहका सरकार यस्तो व्यवस्था गर्न रुचि देखाउँदैन । किनभने क्वारेण्टाइनका नाममा करोडौंको घोटाला गर्न जो अहिले पाइएको छ । क्वारेण्टाइनस्थल निर्माण र कोरोना नियन्त्रणमा मात्रै अहिलेसम्म १० अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको सरकारले नै सार्वजनिक गरेको छ । त्यत्रो रकम आखिर कता खर्च भयो, त्यसको कुनै हरहिसाब र लेखाजोखा छैन । क्वारेण्टाइनका लागि सुविधासम्पन्न होटल, लजको प्रयोग गरेको भए त्यो भन्दा कम लागतमा गर्न सकिन्थ्यो । त्यसबाट अझै बचत हुने अवस्था थियो ।
तर यसो गर्दा कमिशन नपाइने । यो नै बिडम्बना भएको छ । देशको अर्थव्यवस्थालाई चलायमान गर्न अझै पनि क्वारेण्टाइनका रुपमा होटल लज र रिसोर्टको प्रयोग गर्न सकिन्छ । लागत पनि कम, व्यावसायीलाई पनि राहत र संक्रमण पनि नफैलने तेहोरो फाइदा हुने थियो । ओली सरकारले यसमा ध्यान देला भन्ने विश्वास चाहिं आम नागरिकमा अब कमै मात्र होला ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
निर्णायक मानिएका राज्यमा पनि ट्रम्प अगाडि, खुसी मनाउन थाले समर्थक
कात्तिक २१, २०८१ बुधबार
दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ
कात्तिक २१, २०८१ बुधबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख
कात्तिक २१, २०८१ बुधबार
नेप्से घटेपनि १२१ कम्पनी नाफामा, ५ अर्ब २२ करोडको शेयर कारोबार
कात्तिक २१, २०८१ बुधबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कात्तिक २१, २०८१ बुधबार