प्रधानमन्त्री ओलीको गृहनगरमा एमसीसीविरुद्ध खबरदारी सभा
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २१:३१:१९
झापा संवाददाता
२७ जेठ, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेपालका लागि नेपाली अभियानका अभियानकर्ताहरुले एमसीसीका बिरुद्धमा मंगलबार खबरदारी सभा गरेका छन् ।
नेपालका लागि नेपाली अभियानका झापा जिल्ला संयोजक महेन्द्र प्रसाई लगायत जिल्लाका अभियानकर्मीसहित दमकबासीको उक्त खबरदारी कोण सभामा उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्ने राष्ट्रिय गितको बोलसँगै शुरु भएको खबरदारी सभामा बोल्ने अधिकांश वक्ताहरुले एमसीसी नेपालको हितमा नरहेको बताएका थिए । नेपाली भूमीमा बिदेशीले गाडी गुडाउँदासमेत नदेख्ने वर्तमान सरकारलाई अमेरिकाले सित्तैमा दिन लागेको भनेर गलत प्रचार गर्दै विदेशी दाशता नेपाल भित्र्याउन लागेको आरोपसमेत लगाएका थिए ।
दमकको मुख्य केन्द्र गणतन्त्र चोकमा सम्पन्न भएको उक्त खबरदारी सभामा प्रधानमन्त्रिलाई अब चिर निन्द्राबाट व्यूझिएर देशको वर्तमान अवस्था र नागरिकको दैनिकीमा ध्यान दिन वक्ताहरुले सुझाएका थिए । एसीसी देशका लागि घातक भएकोले यो विधेयक सदनमा प्रस्तुत भए पनि आम नेपाली जनता सडकमा आएर यसलाई विफल बनाउन कडा कदम चाल्नु पर्ने अधिकांश बक्ताहरुको धारणा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार