अब जनता सडकमा ओर्लनुको बिकल्प छैन – नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारी
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २२:२३:३
२७ जेठ, काठमाडौं । बिनाअर्थको लकडाउनबाट आजित नेपाली अवज्ञामा ओर्लिन थालेपछि केपी ओली नेतृत्वको सरकार अत्तालिएको छ । फगत सत्तारक्षाको अस्त्रका रुपमा ओलीले लकडाउनको दुरुपयोग गरेपछि जनतामा चरम आक्रोश र निराशा बढेको छ । त्यसैले अब ओलीको सत्ता जोगाउन आम नागरिकले कष्ट भोग्ने कुरा मान्य हुन सक्दैन– नागरिक समाजका महासचिव डीपी अर्याल भन्छन् ।
लकडाउन उद्देश्यपरक भएमात्र मान्ने हो– उनी प्रश्न गर्छन् “ आम जनतालाई घरमा थुनेर आफू चाहीं सत्ताको खेलमा लाग्ने ?” तीन महिनासम्म नेपाली जनताले ओलीको सत्ता रक्षाका लागि अर्थबिहिन लकडाउन मानिदिएका हुन्, त्यसका लागि धन्यवाद दिनुको बदला आज बिहानैदेखि पसल खोल्ने व्यापारीलाई थर्काइएको छ । बिहान नयाँ सडकमा पसल खोल्ने व्यापारीलाई प्रहरी लगाएर बन्द गराइएको थियो ।
यसैगरी कोरोना संक्रमण फैलन नदिन पीसीआर परीक्षणको दायरा बढाउन माग राख्दै आजै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरुमाथि पानीको फोहरा चलाइएको छ । सरकारको यस्तै रबैया रहने हो भने अब जनता सडकमा ओर्लनुको बिकल्प छैन – नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारी भन्छन् ।
पीसीआर परीक्षणको दायरा पनि नबढाउने, आरडीटी मात्र गरेर कोरोना अझै फैलाउने नियत सरकारको देखियो – उनी भन्छन् “ यस्तै प्रवृत्ति रहिरहने हो भने जनता बालुवाटार घेर्न विवश हुनेछन् ।” सकेसम्म कम मात्र परीक्षण गर्ने अनि एकैपटक समस्या देखाएर लकडाउन थप्दै जाने ओली सरकारको नियत देखियो भन्दै नागरिक समाजका महासचिव अर्याल भन्छन्– शहरमा मात्र नभई गाउँघरमा समेत मानिस खान नपाएर छटपटाउन थालेका छन् । खान पनि नदिने काम पनि गर्न नपाउने यो कस्तो पारा हो – उनको प्रश्न छ ।
जनतालाई समस्या परेका बेला राज्यको उपस्थिति देखिनुपर्नेमा उल्टो जनतामाथि दमन गर्ने सोच र प्रवृत्ति देखाउने ओली सरकार अब मुलुकका लागि बोझ भइसकेकोले तत्काल बिकल्प दिन उनले नेकपासँग माग गरे । कांग्रेस युवा नेता भण्डारीका अनुसार, सरकारले राहत बाँड्नुपर्ने खास बेला चाहीँ अहिले हो । तर जनता मारमा परेका बेला सरकार सत्ताको खेलमा मात्र केन्द्रित भएको छ । राज्यले गर्न पर्ने दायित्वबाट च्यूत भएपनि आफूहरु सकेको सेवा गर्न लागिपरेको पनि नेता भण्डारीले बताए । मेरो सकृयतामा हरिप्रिया फाउण्डेसनमार्फत केही राहत सामग्री वितरण गरिरहेको छु– उनी भन्छन् । केही समय यता नेता भण्डारीको अगुवाईमा राजधानीका विभिन्न स्थानमा राहत वितरण भइरहेको छ ।
सरकार दायित्वबाट पन्छन खोजेकाले नै जनता प्रोएक्टिभ भएका हुन् भन्दै उनले अब पनि लकडाउनको विकल्प दिन सकेन भने त्यसको मूल्य चुकाउन ठूलै सकस हुनेछ– युवा नेता भण्डारी भन्छन् । सरकारको गैर जिम्मेवार प्रवृत्ति विरुद्ध स्वयं नेकपाकै नेताहरु बोल्न थालेका छन् । नेकपा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि सरकारले अब लकडाउन खुकुलो बनाएर जनजीवन सामान्य बनाएन भने स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी दिएका छन् ।
सरकार व्यवहारिक हुनुप¥यो – नेता खतिवडा भन्छन् “ नत्र जनताबाट लकडाउनको अवज्ञा हुनेक्रम थामिनेवाला छैन ।” लकडाउनले मात्रै संक्रमण नियन्त्रण हुन्थ्यो भने हजारौंको सख्यामा केस नदेखिनुपर्ने धारणा राख्दै उनले भने–लकडाउनलाई संक्रमण फैलन नदिने अवसरका रुपमा उपयोग गरिनुपथ्र्याे, तर भएन । सबैतिरबाट दवाव परेकोले संभवत आजै सरकारले लकडाउनको मोडालिटी सार्वजनिक गर्ने उनको अनुमान छ ।
आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । उक्त बैठकमा कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको मोडालिटीलाई आज मन्त्रिपरिषदले अन्तिम रुप दिने बताइएको छ । नयाँ मोडालिटी पनि असार १ गतेबाट मात्रै लागू गरिने बताइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार