डेमोक्रयाटीक पार्टीद्वारा प्रहरीमा सुधारको प्रस्ताव, ट्रम्पले“खर्च कटौती र सेवा भङ्ग नगर्ने” !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २७, २०७७ मंगलबार २३:३२:११
![](https://nepalbahas.prixacdn.net/media/albums/donald_LVjSLFy3lt.jpg)
२७ जेठ, काठमाडौं । अमेरिकी तल्लो सदन कांग्रेसमा बहुमतमा रहेको डेमोक्रयाटीक पार्टीले सोमबार व्यापक सुधारसहितको प्रहरी कार्यविधि र जवाफदेहिता समेटिएको नयाँ कानुन प्रस्ताव गरेको छ । प्रहरी नियन्त्रणमा रहेकै अवस्थामा एक अश्वेत अमेरिकीको ज्यान गएको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएसँगै डेमोक्रयाटीक पार्टीले नयाँ प्रस्ताव अघि सारेको हो ।
राष्ट्रपतिका लागि चुनावी वर्ष रहेकाले डेमोक्रयाटीक पार्टीले अघि सारेको प्रस्तावमाथि राजनीतिक सहमति तत्काल बन्ने सम्भावना न्यून छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी प्रदर्शनहरु हिंसात्मक हुँदै गएपछि कानुन व्यवस्था बहाल गर्न सेना परिचालन गर्नेसम्मको चेतावनी दिएपछि त्यसको सर्वत्र आलोचना भएको थियो ।
कांग्रेसकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी दासत्व युगको स्मरण गर्दै भनिन्, “अमेरिकामा रुपान्तरिय संरचनात्मक परिवर्तन नगरी हामी कुनै पनि कुराको समाधान गर्न सक्दैनौं ।” प्याकेज सार्वजनिक गर्नुअघि कांग्रेस र सिनेटका डेमोक्रयाट सदस्यहरुले संसदको हलमा ८ मिनेट ४६ सेकेन्डसम्म मौनधारण गरेका थिए । त्यसबखत हालै मारिएका अश्वेत नागरिक जर्ज फ्लोएड र पछिल्ला प्रहरी कारबाहीमा मारिएका अरु केही अश्वेत व्यक्तिहरुका नाम वाचन गरिएको थियो ।
ह्वाइट हाउसमा कानुन कार्यान्वयन अधिकारीहरुसँग भेटघाट गरेका राष्ट्रपति ट्रम्पले डेमोक्रयाटीक पार्टीको शैली अनौठो रहेको प्रतिक्रिया दिएका थिए । क्यापिटल हिलमा भेला भएका प्रदर्शनकारीहरुले प्रहरी विभागलाई पुनः संरचना गर्न माग गर्दै नारा लगाएका थिए । उनीहरुले प्रहरीका लागि भइरहेको खर्चमा कटौती गर्न पनि माग गरेका थिए । तर राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भने, “खर्च कटौती र प्रहरी सेवा भङ्ग, यी हुनै सक्दैनन् ।”
उनले बैठक पछि घोषणा गरे, “हामी प्रहरी सेवा भङ्ग गर्न सक्दैनौं ।” डेमोक्रयाट नेताहरुले प्रहरी सेवा भङ्ग गर्न नचाहेको भन्दै राष्ट्रपतिको भनाईको प्रतिवाद गरेका थिए । पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई अझ बढी जवाफदेही र पारदर्शी हुन मद्दत गर्ने उनीहरुको भनाई थियो ।
अमेरिकी पूर्व उपराष्ट्रपति जोसेफ बाइडेनले प्रहरी सेवामा खर्च नगर्ने भनाई ठीक नभएको बताउँदै प्रहरीमा सुधारको आवश्यकतामाथि जोड दिएका थिए । डेमोक्रयाटीक पार्टीले अघि सारेको प्रस्तावले प्रहरीलाई प्राप्त असीमित संरक्षणलाई सीमित गर्नेछ । यसबाहेक प्रस्तावले प्रहरीको अतिशय बल प्रयोग र घाँटीमा थिच्नबाट बन्चित गर्नेछ । अनुशासनहिन कार्यमा संलग्न प्रहरीमाथि सहज रुपमा कारबाही चलाउन नयाँ प्रस्तावले सहयोग पुग्ने डेमोक्र्याटीक पार्टीको ठम्याई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
असार १८, २०८१ मंगलबार
इजरायलले रिहा गर्यो गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी
असार १७, २०८१ सोमबार
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय, समझदारी पत्र भोली अनुमोदन हुने
असार १८, २०८१ मंगलबार
पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
असार १८, २०८१ मंगलबार
दीपकराज गिरीको रास्वपा लक्षित टिप्पणी
असार १८, २०८१ मंगलबार
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
असार १८, २०८१ मंगलबार
देउवा र ओलीको भेटघाट तथा छलफलबाट राजनीतिमा कस्तो परिवर्तन आउला ?
असार १८, २०८१ मंगलबार
ओलीको आग्रह विपरित प्रधानमन्त्री: गलेर राजीनामा नदिने, विश्वासको मत सामना गर्ने
असार १८, २०८१ मंगलबार