कुवेत सरकारको खर्चमा तीन सय नेपाली स्वदेश फिर्दै
नेपालबहस संवाददाता
जेठ २८, २०७७ बुधबार ११:४२:३५
कुवेत संवाददाता
२८ जेठ, कुवेत । कोरोना भाइरसको विश्व माहामारीका कारणले विदेशमा अलपत्रमा परेका नागरिकहरुलाई घर फर्काउने कार्यक्रम अन्तर्गत आज कुवेत सरकारकै खर्च र पहलमा तिन सय नेपाली काठमान्डौं जाँदै छन् । कुवेतको समय अनुसार विहान ७ बजे हुने उडानबाट उनीहरु कुवेतकै जजिरा एअरवेजको दुई विमानमार्फत नेपाल पुग्ने छन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी भई स्वदेश फर्कन ४५ दिन अघीदेखि कुवेत क्याम्पमा रहेका करिब तिन हजारमध्ये आज पहिलो चरणमा तिन सय नेपाली स्वदेश फर्कने निश्चित भएको हो ।
यस अघी विविध कारणले अबैधानिक रुपमा कुवेतमा बस्दै आएका नेपाल, भारत, बंगलादेश, फिलिपिन्स, इजिप्ट लगायत देशका नागरिकहरुलाई स्वदेश फर्काउन कुवेत सरकारले आममाफीको घोषणा गरेको थियो । सोही अवसरलाई सदुपयोग गर्दै करिब तिन हजार नेपाली आममाफीमा सहभागी भई हाल कुवेत सरकारकै रेखदेखमा क्याम्पमा जम्मा भई मुलुक फर्कने साईत कुरेर बसि रहेका छन् ।
सरकारले कुवेतबाट तत्काल स्वदेश फर्काउनु पर्ने नागरिकको सुचीमा आममाफीमा सहभागी भई बसेकाहरुलाई पहिलो प्राथामिकतामा राखेको थियो । हाल आममाफीमा सहभागी नेपालीहरुको खाने बस्ने व्यवस्था कुवेत सरकार आफैंले गरिरहेको छ भने हाल उनिहरुको स्वदेश फर्कन अनिवार्य रुपमा गराउनु पर्ने कोरोनाको परिक्षण पनि निशुल्क हुने भएको छ ।
सरकारले कोरोना माहामारीका कारणले समस्यामा परी अर्थात अलपत्र भई मुलुक फर्कन चाहनेले हवाई टिकट लगायत सम्पुर्ण खर्च आफैंले व्यहोर्नु पर्ने भने पनि कवेतबाट आममाफीमा सहभागी भइ घर फर्कने नेपालीहरु त्रिभुवन अन्तर्रास्ट्रिय विमान स्थलसम्म कुवेत सरकारकै खर्चमा निशुल्क रुपमा पुग्ने छन् । कोरोना भाइरस प्रभावको कारणले अन्य देशबाट फर्कन चाहने नेपालीहरु जस्तै कुवेतबाट फर्कनेको संख्या पनि अनुमान गरे भन्दा बढि हुन सक्ने दुतावास स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आईसीसीसीले क्यानडा समिट २०२५ आयोजना गर्ने
पुष १८, २०८१ बिहिबार
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
पुष १५, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार