आज पनि ओली सरकारबिरूद्ध देशव्यापी प्रर्दशन, थरीथरीका नारा थरीथरीका शैली !
नेपालबहस संवाददाता
जेठ ३०, २०७७ शुक्रबार १८:३५:५४
३० जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज ‘शुक्रबार’ पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
केही दिन यता युवाहरुको समूहले स्वतस्फुर्त रुपमा सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न धम्की दिएको थियो ।
तर गृहको धम्की बेवास्ता गर्दै युवाहरुको समूहले आज पनि ओली सरकारबिरूद्ध देशव्यापी प्रर्दशन, थरीथरीका नारा थरीथरीका शैलीमा बसन्तपुरमा प्रदर्शन गरेको हो । बिहीबार नक्सालमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो।
कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारविरुद्ध युवाहरुले नाराबाजी गरिरहेका छन् । प्रहरीले प्रदर्शनमा उत्रेका एक युवालाई पक्राउ गरेको छ । मन्त्रालयले प्रदर्शनमा उत्रिनेलाई कारवाही नै गर्ने चेतावनी दिँदा समेत शुक्रबार पनि शान्तिपूर्ण प्रदर्शनहरु देशभर भइरहेका छन् ।
प्रदर्शनमा ओली सरकार अरवौंको भष्टाचार कोरोनाको उपचार अदुवा, लसुन र बेसार, १० अर्व पचायो भष्टाचार गनायो, केपी तेरो पाराले दुख पाए साराले जस्ता पेलेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
सरकारविरुद्ध गोरखा र उदयपुरको गाईघाट बजारमा पनि शान्ति प्रदर्शन भएको छ । यस्तै बुटवलमा आज पनि सरकारविरुद्ध प्रदर्शन भएको छ । कोराना भाइरसको संक्रमण रोकथाममा सरकारले वास्था नगरेको र खर्चमा पारदर्शिता नभएको भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उनीहरुले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, ‘नो पीसीआर, नुन, तेल, बेसार’, ‘खाएर हुँदैन कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता रु’ लगायतका नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार