स्याङ्जा कांग्रेसले बुझायो ध्यानाकर्षण पत्र, आत्महत्याको निष्पक्ष छानविन गर्न माग
नेपालबहस संवाददाता
असार २, २०७७ मंगलबार २१:१५:५९
♦ प्रकाश डोटेल
२ जेठ, स्याङ्जा । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस स्याङ्जाले प्रधानमन्त्रीलाई सरकारमा देखिएका कमीकमजोरी सुधार गर्नका लागि ध्यानाकषर्ण पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालय सिंहदबारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति खगेन्द्रराज रेग्मी, कार्यवहाक सभापति कुमार राना र संविधानसभा सदस्य राजु थापाको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाईएको हो । पुतलीबजार नगरपालिका १ स्थित अभियानपथमा रहेको पार्टी कार्यालयबाट निस्केको ¥यालीले चौकीबजार, हुलाकमार्ग, शहिदचोक, बैंकरोड हुँदै जिल्ला प्रशासन कार्यालयको गेटमा पुगि ध्यानाकर्षण पत्र बुझाएको कांग्रेस स्याङ्जाले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र बुझाउँदै नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर गोदारले ध्यानाकर्षण पत्रमा उल्लेख भएका मुद्दाहरु ¥यालीमा सहभागीलाई वाचन गरेर सुनाएका थिए । प्रवक्ता गोदारले वाचन गरेको ध्यानाकर्षण पत्रमा सरकार भ्रष्ट्राचार नियन्त्रणमा असफल, कोरोना भाइरस नियन्त्रणमा निकम्बा बनेको आरोप लगाइएको छ । उक्त ध्यानाकर्षण पत्रमा अव्वस्थित क्वारन्टाइनको सुधार, बिदेशमा अलपत्र परेका नेपालीको उद्धार, देशका विभिन्न ठाउँमा भोकभोकै रहेका नागरिकको हेरचाह गर्न जोडदार माग गरिएको छ ।
सरकारले आरडीटी परीक्षणका नाममा कोरोना भाइरसबाट नागरिकलाई त्रसित बनाएको उल्लेख गरिएको ध्यानाकर्षण पत्रमा तत्काल सतप्रतिशत पीसीआर परिक्षण थाल्न माग गरिएको छ । सरकारमा सहभागी मन्त्रीहरु भ्रष्ट्राचार गर्नमा तल्लिन रहेको अवस्थामा नागरिक आक्रान्त बन्न बाध्य भएको पत्रमा उल्लेख गरिएको छ ।
“हामी सरकारलाई सुधार गरेर लैजान आग्रह गर्छौं ।” कांग्रेस स्याङ्जाका कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले भने, “जिल्लामा बनेका आइसोलेसनको सुधार, क्वारेन्टाइनको थप व्यवस्थापन र गल्याङ् नगरपालिकाका कर्मचारीले आत्महत्या गर्नुको निष्पक्ष छानविनको माग गरिन्छ ।” कांग्रेसले उठाएका मुद्दालाई कमजोर मानिए वा ठानिए कठोर कदम चाल्न आफूहरु बाध्य हुने सभापति रानाले चेतावनी दिए ।
कांग्रेस स्याङ्जाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले आफूहरु सरकार र नागरिकको सेतुको रुपमा काम गर्ने निकाय रहेको बताउँदै कांग्रेसले उठाएको मुद्दाहरुमा सरकारले सुधार गर्नुपर्ने ध्यानाकर्षण पत्र तत्काल प्रधानमन्त्री कार्यालय पु¥याउने बताए ।
ध्यानाकर्षण पत्र बुझाउन जाने क्रममा आयोजित ¥यालीमा सरकार बिरुद्ध कडा नाराबाजी गरिएको थियो । ¥यालीमा सहभागीले भ्रष्ट सरकार चाहिदैन्, कोरोनाबाट नागरिकलाई आतंकित पार्न पाइदैन्, आरडीटी परीक्षण छाडेर पीसीआर परीक्षण सतप्रतिशत गर लगाएका नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
लगानीको सुरक्षा गर्न गण्डकी प्रदेश सरकार तयार: मुख्यमन्त्री पाण्डे
कात्तिक २६, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
भैँसेपाटी हनी ट्रयापिङ प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
मंसिर ५, २०८१ बुधबार
राफेल नाडालको टेनिसबाट बिदाई
मंसिर ५, २०८१ बुधबार
एआर रहमान र सायरा बानोको सम्बन्धविच्छेद
मंसिर ५, २०८१ बुधबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ५, २०८१ बुधबार