वैज्ञानिक वन व्यवस्थापनबारे बुझाई र छलफल अपुग : मन्त्री बस्नेत
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार २३:३७:१४
३ असार, काठमाडौं । वन तथा वातावरणन्त्री शक्तिबहादुर बस्नेतले वनको दिगो व्यवस्थापनका लागि लागू गरिएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबारे आम बुझाई र छलफल अपुग रहेको देखिएको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत वन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नका जवाफ दिँदै उनले भने, “यस कार्यक्रमलाई वन विनाशसँग जोड्नु हुदैन ।” मन्त्री बस्नेतले वैज्ञानिक वन व्यवस्थापन २०६९ सालदेखि शुरु भएको र त्यसयता नियमित यो नीति कार्यक्रममा उल्लेख हुँदै आएको जानकारी दिदैं यस कार्यक्रममा वन प्राकृतिकरुपमै पुनःउत्पादन हुने र यसमा आएका गुनासा, चिन्ता र विकृतिका सम्बन्धमा भने उचित सुनुवाइ हुने बताए ।
उनले देशभरि गरिने वृक्षरोपणलाई काठजन्य पैदावार मात्र होइन कृषि र जडीबुटीलगायतका बिरुवासँग जोडेर अघि बढाउछौँ भने । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिको गुरुयोजना तयार भएको र यसका कार्यक्रम हालसम्म तल्लोस्तरमा बढी केन्द्रित भएकामा आगामी आवदेखि माथिल्लो क्षेत्रमा कार्यक्रम केन्द्रित गर्न लागेको मन्त्री बस्नेतले जानकारी गराए । चुरेअन्तर्गत ४५ नदी प्रणाली व्यवस्थापनमा काम गरिएको छ ।
मन्त्री बस्नेतले मध्यपहाडी क्षेत्रमा जैविक विविधताको संरक्षणका लागि आएका सुझावबारे आवश्यक परामर्श गरी निष्कर्षमा पुगिने बताउँदै समृद्धिका लागि वन कार्यक्रमअन्तर्गत वन आधारित उद्यम, जडीबुटी विकास, कृषि वनलगायत कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार