प्राकृतिक चिकित्सा विधिबाट कोरोनाको उपचार गरिँदै
नेपालबहस संवाददाता
असार ५, २०७७ शुक्रबार १५:२:१३
५ असार, नवलपुर । नवलपरासी ‘बर्दघाट–सुस्ता पूर्व’को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । जिल्लाकै पहिलो कोरोना अस्पतालका रुपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमा नै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना सङ्क्रमितको उपचार शुरु गरेको हो । हाल अस्पतालमा जिल्लाभरिका ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए । “प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना सङ्क्रमितले उपचार गराइरहेकोमा बिहीबार थप ३१ जना सङ्क्रमित ल्याएर उपचार शुरु गरिएको छ”, पौडेलले भने ।
स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै सङ्क्रमितलाई स्वस्थ बनाउनका लागि प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए। सङ्क्रमित व्यक्तिलाई मानसिकरुपमा स्वस्थ राख्नका लागि पर्याप्त दूरी कायम गरी योग, मेडिटेसन गराएर उनीहरुलाई चाँडो सङ्क्रमणमुक्त बनाउने प्रयासमा आँफूहरू लागेको उनले बताए । “प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, सङ्क्रमित खराब अवस्थामा पुगेका छैनन्”, उनले भने । खानाको बारेमा बुझाएपछि बिरामी आफैँले माछामासु खान मन नगरेका उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा पौडेलले बताए ।
अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेँडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उनको भनाइ छ । शक्ति प्रदायक भोजनले सङ्क्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो सङ्क्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताए । कोरोना सङ्क्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण विस्तारै निको हुँदै गएका उनको भनाइ छ ।
एक सय श्ययाको आइसोलेसन
अस्पतालले हाल १०० श्ययाको आइसोलेसन निर्माण गरेर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १२० श्यया पु¥याइएको छ । प्राकृतिक चिकित्सालयमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नका लागि ४५० श्यया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले बताए ।
अस्पतालमा सघन उपचार कक्ष भने निर्माण गरिएको छैन । अस्पतालमा आएका सङ्क्रमित यहाँको आहारविहारका कारण स्वस्थ हुँदै गइरहेका तथा आर्थिक अभावका कारण सघन उपचार कक्ष निर्माणमा समस्या भएको पौडेलले बताए। गम्भीर अवस्थाका बिरामीलाई चितवन तथा पोखरा पठाउने तयारी भए पनि हालसम्म एक जनाबाहेक अन्य बिरामीलाई अस्पतालले रिफर गरेको छैन ।
थप बजेट आवश्यक
हालकै अवस्थामा अस्पताललाई १०० भन्दा बढी सङ्क्रमितको उपचार गर्न कठिनाइ रहेको छ । चिकित्सालयमा भौतिक पूर्वाधार तयार अवस्थामा भए पनि सङ्क्रमित थपिएको अवस्थामा सिसीक्यामेरा, तरकारी राख्नका लागि डिफ्रिज, भ¥याङलगायत पूर्वाधार आवश्यक रहेको निर्देशक डा पौडेलले बताए। चिकित्सालयमा कोरोना अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख तथा जिल्लाका आठवटै स्थानीय तहबाट रु ६० लाखमात्रै बजेट आएको पौडेलले बताए ।
सङ्क्रमित बढ्दै जाँदा थप बजेटको आवश्यकता पर्ने भन्दै डा पौडेलले आफूहरुले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा कुरा गरिरहेको बताए। “सङ्क्रमितको उपचारका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ”, उनले भने, “अस्पतालको निरीक्षणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसमेत यहाँ आउने तयारी छ ।”
हाल अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसमेत १५ जना कार्यरत रहेका छन् । अस्पतालमा तीन जना चिकित्सक मध्यबिन्दु जिल्ला अस्पताल डण्डाबाट तथा दुई जना स्वास्थ्यकर्मी जिल्लाका स्थानीय तहबाट खटाइएको छ । अस्पताल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आठ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण
असोज १५, २०८१ मंगलबार
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट दिने
असोज ८, २०८१ मंगलबार
समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी
असोज ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार