कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलद्वारा बैठक अवरुद्ध
नेपालबहस संवाददाता
असार ५, २०७७ शनिबार ३:९:५८
५ असार सुर्खेत । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित सङ्कल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठकको अवरुद्ध गरेको हो । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए ।
बिभिन्न आरोप लगाउँदै गैर प्रजातान्त्रिक ढङ्गले बैठक सञ्चालन नगर्न सभामुखले अनुरोध गरेका थिए । प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सिङ्गो कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाइन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिए ।
सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यको विषयले ध्यानाकर्षण भएको बताए पनि निर्वाध रुपमा सभा अवरुद्ध गरेपछि उनले शनिबार दिउँसो ३ः०० बजेसम्मका लागि बैठक स्थगन भएको सूचना गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार