समाचार स्रोतका रूपमा ट्विटरलाई इन्स्टाग्रामले जित्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १४:३०:५१
![](https://nepalbahas.prixacdn.net/media/albums/instagram-image_XD79wfwOeM.jpg)
७ असार, काठमाडाैं । सामाजिक सञ्जाल इन्स्टाग्रामले समाचार स्रोतका रूपमा ट्विटरलाई जित्ने एक अध्ययनले देखाएको छ । अघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा आफूलाई हेर्ने प्रयोगकर्ता दोबर पारेको सामाजिक सञ्जाल इन्स्टाग्राम, समाचार स्रोतको रूपमा सामाजिक सञ्जाल ट्विटरलाई उछिन्नतर्फ अघि बढिरहेको एउटा अनुसन्धानले देखाएको हाे।
रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको देखाएको छ। उक्त अध्ययनका अनुसार यूकेका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले कोरोनाभाइरसबारे जानकारी पाउन इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेका थिए। तर सामाजिक सञ्जालहरू सबै भन्दा कम विश्वशनीय समाचार स्रोतहरू मध्येमा रहेको पनि पाइएको छ।
जम्मा २६ प्रतिशतले मात्रै कोरोनाभाइरसबारे सामाजिक सञ्जालमा शेअर गरिएका समाचारमा आफूलाई विश्वास लाग्ने बताएका थिए। फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपमार्फत् शेअर गरिने समाचारमा त्यही हाराहारीको विश्वास व्यक्त गरिएको थियो। राष्ट्रिय सरकार र समाचार संस्था दुवैलाई ५९ प्रतिशतले विश्वास गरेका छन्।
सर्वेक्षणमा सहभागी भएका एक तिहाइ भन्दा धेरै व्यक्तिले इन्स्टाग्रामको प्रयोग गरिरहेका छन् र उनीहरूमध्ये दुई तिहाइको उमेर अहिले २५ वर्ष भन्दा कम छ। र ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्विटरभन्दा एक अङ्कले कम हो।
उक्त अनुसन्धानका प्रमुख लेखक निक न्युमेन भन्छन् “ साधारण ढङ्गले र राम्रा तस्बिरहरूको प्रयोगका साथै ‘इन्स्टाग्राम कम उमेरका व्यक्तिहरूमा माझ अझ बढी लोकप्रिय बनिरहेको छ,”
हालकै महिनाहरूमा चर्चित र व्यापक रूपमा विचारहरू आदानप्रदान भएका त्यस्ता समाचारहरूको विषय जलवायु परिवर्तन, ब्ल्याक लाइभ्स म्याटर भनिने अमेरिकामा जारी आन्दोलन र कोरोना भाइरस रहेको देखिएको छ। इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग रहेको छ। व्हाट्स एपको स्वामित्व पनि फेसबुकसँगै छ।
४० वटा देशमा गरिएको सर्वेक्षणका क्रममा समाचार र समाचार संस्थाहरूको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो। जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन्। अध्ययनमा सहभागी भएका आधा भन्दा कम अर्थात ४६ प्रतिशतले आफूले रूचाएको समाचार श्रोतमाथि विश्वास गर्ने बताएका छन्।
कोभिड- १९ को महामारीपछि समाचार संस्थाहरूको विश्वशनियतामा वृद्धि भइ त्यो ५९ प्रतिशतमा पुगेको थियो।अनुसन्धानका लेखकहरूले सञ्चारमाध्यमहरूले जनस्वास्थ्य सम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको विश्वास गरेका छन्।
अहिलेको गहिरो प्रश्न कम उमेरका पाठक वा श्रोताहरूले समाचार ग्रहण गर्छन् कि गर्दैनन् भन्ने हो। रोयटर्सको अध्ययनले समाचार श्रोतका रूपमा इन्स्टाग्रामको उल्लेख्य विस्तार देखाउनुले फेसबुकले उक्त सञ्जाल खरिद गर्ने निर्णय इतिहासकै सबैभन्दा फाइदाजनक मध्ये एउटा भएको देखाएको छ।
यदि लेखकहरूले भविष्यवाणी गरेको जस्तै अर्को वर्ष इन्स्टाग्रामले ट्विटरलाई उछिन्यो भने, त्यसबेला पत्रकारहरूले आफूमाझ लोकप्रिय भएपनि ट्विटरले सार्वजनिक मतलाई कम प्रतिनिधित्व गर्नेछ।
लकडाउनको बीचमा सञ्चारमाध्यम र सरकारमा अरू बेला भन्दा बढी विश्वास देखिएपनि एप्रिल र मे महिनाको बीचमा त्यो ११ अङ्कले घटेको उक्त अध्ययनका लेखक न्यूमेनले बताएका छन्। औपचारिक रूपमा अध्ययनको अङ्ग नभएपनि हालैको सर्वेक्षणले ‘राष्ट्रिय एकताका क्षण’ कटेको देखाएको छ।
विश्वशनियताको विश्लेषणबाहेक उक्त अध्ययनमा ‘मौन बहुसङ्ख्यक’ को पनि चर्चा गरिएको छ जसले आफूले ‘तटस्थ’ समाचारलाई हेर्ने बताएका छन्। सन् २०१३ यता उक्त रिपोर्टका लेखकहरूले यो प्रश्न गर्न छाडेका थिए किनभने विचार व्यक्त गर्ने र समाचार लेखनमा खुल्ला दृष्टिकोण राख्ने प्रवृत्ति बढ्दै गएको थियो।
अध्ययन गरिएका ९ वटा देशमा सहभागीहरूले ‘कुनै पनि धारणा नराख्ने’ समाचार श्रोतबाट आउने खबर आफूहरूले रूचाउने बताएका छन्। त्यस्तो मत सबभन्दा बलियोसँग जर्मनी, जापान, यूके र डेनमार्कमा व्यक्त भएका थिए। यी देशहरूमा बलियो र स्वतन्त्र सार्वजनिक प्रसारकहरू रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बीबीसी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार