त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १६:४३:२०
७ आसार, कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।
सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए।
“शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार-पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उनको अनुमान छ ।
आइसोलेसन निर्माणमा उपमहानगरपालिका
धनगढी उपमहानगरपालिका–१५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रको भवनमा निर्माण भइरहेको आइसोलेसन कक्षको निर्माण अन्तिम चरणमा पुगेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत निर्माण भएको जडीबुटी प्रशोधन केन्द्रको खाली भवनमा अहिले झण्डै २८ श्ययाको आइसोलेसन कक्ष सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
धनगढी नगरका कोरोना सङ्क्रमितलाई उपचार गर्न आवश्यक पर्ने जति श्यया राखिने उनको भनाइ छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना अस्पतालमा सङ्क्रमितको उपचार गर्न ठाउँ अभाव भएपछि उपमहानगरपालिका आफ्नै आइसोलेसन कक्ष निर्माणमा जुटेको बताइएको छ । आइसोलेसनको तयारीका लागी श्यया मिलाउने, बिजुलीबत्ती तथा उपकरण जडान गर्ने काममा नगरका स्वास्थ्यकर्मी र प्राविधिक टोली रातदिन खटेर काम गरिरहेको बताइएको छ ।
“सेती प्रादेशिक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रूपमा तयार गरे पनि सङ्क्रमितको सङ्ख्या बढेकाले आइसोलेसनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन्”, प्रमुख वडले भने, “सबै स्थानीय तहहरुले आफै आइसोलेसन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।”
उपमहानगरपालिका कोभिड–१९ उपसमितिका संयोजक नारायण बरालले एक-दुई दिनमै सञ्चालनमा ल्याउन सक्ने गरी आइसोलेसन कक्ष निर्माणको काम भइरहेको बताए । बिरामीको चाप भइरहने सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउँदा सङ्क्रमितको उपचारमा समस्या भएको संयोजक बरालको भनाइ छ । उपमहानगरपालिकाभित्रका कोरोना सङ्क्रमितको मात्रै उपचार गरिने आइसोलेसन कक्षभित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
कैलाश सिरोहियाको रिट दर्ता गर्ने वा नगर्ने भन्नेबारे भोलि निर्णय हुने
जेठ ८, २०८१ मंगलबार