बैंकले घरदैलो गरेपछि स्याङ्जाका व्यवसायी आतंकित, ५ प्रतिशत ब्याज छुट दिन माग
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १८:३७:४
♦ भूपराज बस्याल
७ असार, स्याङ्जा । कोरोना भाइरसका कारण गरिएको लकडाउनबाट व्यापार व्यवसायको क्षेत्रमा नराम्रो असर परेको भन्दै व्यवसायको लागि लिइएको ऋणमा लकडाउनको समय अवधिभर पाँच प्रतिशत ब्याज छुट दिन स्याङ्जाका व्यवसायीहरुले माग गरेका छन् ।
शनिवार स्याङ्जा जिल्लाका उद्योग वाणिज्य संघहरुले सयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै मुलुकका करिब ९० प्रतिशत व्यवसायीहरुले बैंक कर्जाबाट आ–आफ्नो उद्योग तथा व्यापार व्यवसायहरु सञ्चालन गरिरहेको र बिगत ३ महिनादेखिको बन्दाबन्दीका कारण आर्थिक गतिविधिहरु शून्यप्राय स्थितिमा रहेको हुँदा लकडाउन अवधिभरको बैकको सावाँ, ब्याज र किस्ता रकम तिर्न सक्ने स्थितिमा नभएको बताएका छन् । अत यो समयलाई शून्य समय मानी लकडाउन अवधिभरको सावाँ, ब्याज र किस्तालाई अन्तिम किस्तापछि अवधि लम्बिने गरी व्यवस्था गर्न तथा लकडाउन अवधिभरको ब्याज रकममा ५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरिएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्त श्रेष्ठ , वालिङ् उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर केसी, गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल र चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणिप्रसाद खनालले सयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञाप्तिमा जिल्ला भित्रका बैंक तथा वित्तीय संस्था र वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरुले व्यवसायीहरुलाई बारम्बार ताकेता, फोन एवम् घरदैलो गरी आतङ्कित बनाउने गरेकोले सो कार्य तुरुन्त रोक्न जिल्ला प्रशासन कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारलाई आग्रह गरिएको छ ।
नेपाल सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनमा निजी क्षेत्रलाई समेत नियन्त्रण गर्ने गरी संशोधन गर्न लागेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै निजी क्षेत्रलाई आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, खाद्य तथा गुण नियन्त्रण लगायतका विभिन्न सरकारी नियमनकारी निकायहरुले अनुगमन तथा नियन्त्रण गरिरहेको सन्दर्भमा व्यवसायीहरुलाई आतंकित बनाउने र निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने किसिमको कदमको बिरोध गर्दै फिर्ता लिनका लागि माग गरिएको छ ।
जिल्लाभित्रका उद्योगी व्यवसायीहरुको पहलमा आन्तरिक राजश्व कार्यालयको करदाता सेवा कार्यालय स्याङ्जा जिल्लामा स्थापना गर्ने निर्णय भएता पनि कार्यालय स्थापनाको प्रक्रिया शुरु नभईसकेको हुँदा शिघ्र कार्यालय सञ्चालनको व्यवस्था मिलाउन र नेपालकै पूरानो राजमार्गको रुपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा रहेको पुल जीर्ण भएका कारण ठूला मालवाहक सवारीसाधन सञ्चालन नहुँदा जिल्लाभित्र वस्तुको दुवानी एवम् उद्योग व्यवसायको विस्तार र मूल्यमा समेत प्रभाव परेको हुँदा छिटो भन्दा छिटो पूर्ण क्षमताको पुल निर्माण गर्न समेत उक्त विज्ञाप्तिमार्फत माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार