स्याङ्जाको राम्दीमा आज महायज्ञको पुन: हिसाबकिताब सार्वजनिक हुँदै
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार १९:४०:२२
७ असार, वालिङ । नेकपा गल्याङ नगर कमिटिका अध्यक्ष नारायणप्रसाद अधिकारीसहितले गत साता रामनदी धाम महायज्ञको हिसाब सार्वजानिक गर्न माग गर्दै पत्रकार भेटघाट गरेपछि आज महायज्ञ मुल समारोह समितिले दोस्रो पटक भव्य पत्रकार सम्मेलनमार्फत पुन आयव्ययको हिसाब सार्वजानिक गर्ने तयारी गरेको छ । आज गल्याङ नपा वार्ड नं १ राम्दीमा दिनको ठिक ४ बजे स्याङ्जा र पाल्पा जिल्लाका पत्रकारहरूलाई आमन्त्रण गरिएको यज्ञ मुल आयोजक समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँडले जानकारी दिएका छन् ।
२०६८ कार्तिक १८ देखि २५ गतेसम्म साविक मालुङ्गा ६ हाल गल्याङ १ रामनदी धाममा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको विषयमा राजनीतिक प्रतिशोध र पूर्वाग्रह राखी विभिन्न संचारमाध्यममा हिसाबकिताब सार्वजानिक नभएको भन्दै समाचारहरू प्रकाशन तथा प्रशारण भएपछि फेरि पत्रकार सम्मेलन आयोजना गरि स्पष्ट पानुपर्ने आवश्यकता देखिएको मेयर खाँडले बताए । २०७० असार ८ गते बृहत् भेला गरि पत्रकारहरूसहित हिसाब सार्वजानिक गरिएको भएपनि राजनीतिक रुपमा भ्रम सिर्जना गर्न खोजिएको आयोजक पक्षको भनाई छ ।
महायज्ञ सम्पन्न भएको करिब ६ महिना पश्चात् आम भेलाको सूचना गरि महायज्ञको हिसाब सार्वजानिक गरिएको बताउँदै नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले उक्त भेलामा महायज्ञको अफिसियल मिडिया आफु सम्बद्ध सत्यवाणी साप्ताहिक पत्रिका रहेकोले जनाएका छन् । युनियनका अध्यक्ष कोइरालाका अनुसार भेलामा महायज्ञको सम्पूर्ण आम्दानी खर्च १ करोड ७५ लाख २३ हजार ८ सय ४० रूपैयाँको हिसाब सार्वजानिक भएको थियो । यज्ञमा दाताले वोलकवोल गरेर उठ्न नसकेको रकम झण्डै करोडकै हाराहारीमा रहेको छ । तर पत्रकार सम्मेलनमार्फत हिसाब माग गर्दा उठ्न बाँकी रकमलाई मात्र प्राथमिकता दिइएकोले जनमानसमा भ्रम सिर्जना भएकोले पुन पत्रकार सम्मेलन गर्नुपरेको हो ।
कोइरालाका अनुसार यज्ञमा ५१ लाख ३ हजार खर्च भएको थियो । अन्त्यमा आयोजकले जुन मेहनत र उद्देश्यका साथ यज्ञ सम्पन्न गर्नुभएको थियो सो अनुरूपको प्रतिफल प्रप्त हुन सक्यो वा सकेन नागरिकले गरेको प्रश्न यतिबेला जायज भएपनि त्यसलाई राजनीतिको हत्कण्ठा बनाइएकोमा दुख लागेका छ । तत्काल छोटो समयमा दाताले बोलेको रकम उठाउन समस्या भएको र अन्तिम दिन टेलिफोनका भरमा सहयोग आईहाल्छ की भनेर मञ्चबाट नाम पढेपनि पैसा भने नउठेको कोइरालाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङेले छोडेको मन्त्रालयमा कांग्रेसका पौडेल नियुक्त
कात्तिक ५, २०८१ सोमबार
बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने
असोज १७, २०८१ बिहिबार
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
जानकी मन्दिरको मनमोहक दृश्य
कात्तिक १९, २०८१ सोमबार
भारतीय प्रधानमन्त्री मोदीद्वारा क्यानाडाको हिन्दू मन्दिरमा भएको आक्रमणको निन्दा
कात्तिक १९, २०८१ सोमबार
संविधानअनुसारको अधिकार प्रदेशले पाउनुपर्छ : नेता निधि
कात्तिक १९, २०८१ सोमबार
बेनी–जोमसोम सडक अवरुद्ध
कात्तिक १९, २०८१ सोमबार
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
कात्तिक १९, २०८१ सोमबार
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा २ जनाको मृत्यु, १८ घाइते (अपडेट)
कात्तिक १९, २०८१ सोमबार