लकडाउनको समयमा बन्द भएका ‘ट्राफिक बत्ती’ सञ्चालनमा
नेपालबहस संवाददाता
असार ७, २०७७ सोमबार १:३५:२५
७ असार, काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीमा बन्द रहेका उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको छ । सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर जोरबिजोर प्रणाली लागू गरेर सवारीको चाप बढेसँगै उपत्यकाका ट्राफिक बत्ती सञ्चालनमा आएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नयाँ बानेश्वर, सिंहदरबार, पद्मोदय मोड, सुविधानगर, गैरीगाउँ, नयाँठिमी चोक, कालिमाटी, गौशाला, मित्रपार्क, नारायणगोपाल चोकलगायतका ट्राफिक बत्ती सञ्चालनमा आएको जानकारी दिए । “बन्दाबन्दीको स्वरुप परिवर्तन गरेर निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेसँगै उपत्यकामा सवारी चाप बढेकाले ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएका हौँ”, उनले भने।
महाशाखाले ट्राफिक बत्तीको सञ्चालन गरेसँगै ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई कारवाहीसमेत गर्ने भएको छ । प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई प्राथमिकता दिँदै महाशाखाले सम्बन्धित निकायसँगको सहकार्यमा विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती सञ्चालनमा ल्याएको थियो । ट्राफिक बत्ती जडानसँगै ट्राफिक प्रहरीलाई उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षी कांग्रेससँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार