राम्दी ज्ञान महायज्ञको दोस्रो पटक आयव्यय सार्वजनिक
नेपालबहस संवाददाता
असार ८, २०७७ सोमबार १७:३५:३२
भूपराज बस्याल
८ असार, स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा आयोजना गरिएको महायज्ञको दोस्रो पटक आयव्यय विवरण सार्वजनिक गरिएको छ । २०६८ साल कार्तिक १८ देखि २५ गतेसम्म राम्दीमा आयोजना गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवको आईतबार राम्दीमा पत्रकार सम्मेलन गरी दोस्रो पटक आयव्यय सार्वजनिक गरिएको हो ।
आयोजकले २०७० असार ८ गते महायज्ञबाट संकलन भएको, संकलन हुन बाँकी र कूल खर्चको लेखापरीक्षण प्रतिवेदनसहित फस्र्योट गरी सार्वजनिक गरिसकेको तर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा हिसाबकिताब सार्वजनिक भएन भन्ने समाचार प्रकाशन भएपछि दोस्रो पटक पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो ।
महायज्ञमा एक करोड ७५ लाख २३ हजार ८ सय ४० आम्दानी, ५१ लाख ३ हजार ५ सय ६४ खर्च र एक करोड २४ लाख २० हजार २ सय ७५ उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । रामनदीधामको धार्मिक र पर्यटकीय विकास गर्न रामनदीधामको गुरुयोजना अनुसार आधुनिक शवदाह स्थल, व्यवस्थित गौशाला र व्यवस्थित स्नान स्थल लगायत धार्मिक पर्यटकीय पूर्वाधार तयार गर्ने संकल्पका साथ महायज्ञ गरिएको थियो ।
“महायज्ञ सञ्चालनका लागि स्याङ्जा र पाल्पा लगायतकालाई समेटेर कार्य सम्पादन समिति बनाईएको थियो” महायज्ञ कार्य सम्पादन समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणले भने, “कार्य सम्पादन समितिले महायज्ञ सफलतापूर्वक सम्पन्न गरेसँगै यहाँको आवश्यक पूर्वाधारहरुको निर्माणका लागि निर्माण समिति तथा विभिन्न उपसमितिहरु निर्माण गरी कामको विभाजन गरियो र केही कामहरु भए तर जति हुनुपर्ने हो त्यो विभिन्न कारणले हुन सकेन ।”
पवित्र एवं धार्मिक कार्यको आयोजना गरी आर्थिक संकलन गरिएको र त्यसमा भए गरेका आम्दानी खर्च सबैको लेखा परीक्षण गरी सार्वजनिक गरेको कार्य सम्पादन समितिका अध्यक्ष खाँणले बताए । “पवित्र उद्देश्य राखेर गरिएको पूण्य कार्यमा एक रुपैयाँ पनि हिनामिना भएको छैन र अब पनि हुँदैन” अध्यक्ष खाँणले भने, “यदि हिनामिना भएको प्रमाणित भएमा जस्तोसुकै सजाय पनि भोग्न तयार छौं तर चरित्रहत्या गर्ने अभिप्रायले हो भने त्यसको जस्तोसुकै परिस्थितिमा पनि डटेर सामना गर्न तयार छौं ।”
पत्रकारले उठाएको प्रश्नको जवाफ दिनुहुँदै अध्यक्ष खाँणले शंका लागेका विषयमा पटक पटक सोध्नुहोस्, दुई पटक होईन आगामी दिनमा पनि जवाफ दिन तयार रहेको बताए। “रामनदीधामको विकासका लागि सबै एकजुट भएर लागेमा मात्रै विकास सम्भव छ” अध्यक्ष खाँणले भने, “भ्रमको खेती छाडेर सबैले हातेमालो गर्दै राम्दीको बृहत गुरुयोजना बमोजिम निर्माण कार्यमा लागौं ।”
आयव्यय सार्वजनिक समारोहमा धार्मिक अभियन्ता शंकरप्रसाद पाण्डे, उपाध्यक्ष डोलराज बस्याल, कोषाध्यक्ष श्यामप्रसाद बस्याल, निर्माण समितिका अध्यक्ष मणिप्रसाद बस्याल लगायतले पत्रकारहरुले उठाएका जिज्ञाशाहरुको सहजीकरण गरेका थिए । पत्रकार सम्मेलनमा स्याङ्जा र पाल्पाका झण्डै ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
रामनदी धाम राम्दीमा ९ वर्ष अगाडि गरिएको महायज्ञको आयव्यय सार्वजानिक नभएको भन्दै पत्रकार सम्मेलनमार्फत गरिएको थियो । स्याङ्जाको साविक मालुङ्गा गाविस हालको गल्याङ नगरपालिका १ स्थित स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा गरिएको श्रीमाद भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवबाट संकलित रकमको आयव्याय सार्वजानिक नगरिएको र उद्देश्य बमोजिम भौतिक निर्माण समेत नभएको भन्दै केही दिन अघि पत्रकार सम्मेलन गरिएको थियो । महायज्ञ समापन भएपनि आयव्यय सार्वजानिक नभएको, निर्माणसम्बन्धी कुनै कार्य नभएको भन्दै उक्त पत्रकार सम्मेलनमा हिसाबकिताब सार्वजनिक गर्न माग गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार